आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविको दोहोरो चरित्र, सरकारलाई दिएको समर्थन फिर्ता लिने अनि प्रधानमन्त्रीलाई साथ छ भन्ने

रविको दोहोरो चरित्र, सरकारलाई दिएको समर्थन फिर्ता लिने अनि प्रधानमन्त्रीलाई साथ छ भन्ने

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २९ २०८०

  • 4.0K
    SHARES

  • रविको दोहोरो चरित्र, सरकारलाई दिएको समर्थन फिर्ता लिने अनि प्रधानमन्त्रीलाई साथ छ भन्ने

    काठमाडौैं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे ।

    उनले भ्रष्टाचारविरुद्ध सरकारले राम्रो काम गरेको भन्दै प्रचण्डलाई धन्यवाद पनि दिए । अझ निर्मम रुपमा प्रस्तुत हुन आग्रह गरेका उनले सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

    जबकि सरकारले भ्रष्टाचार नियन्त्रणमा कुनै काम गर्न नसकेको भन्दै रवि नेतृत्व दल रास्वपाले समर्थन फिर्ता लिएको थियो ।

    सरकारलाई दिएको समर्थन फिर्ता लिएको १५ दिन नबित्दै रवि किन प्रचण्डलाई भेटेर, सामाजिक सञ्जालबाट बधाई दिइरहेका छन् भन्ने भेउ सर्वसाधारण जनताले बुझ्न सकेका छैनन् ।

    त्यही सरकारले कुनै काम गर्न नसकेको पनि भन्ने अझै प्रधानमन्त्रीलाई नै भेटेर धेरै राम्रो काम गरेको भन्ने रविको दोहोरो भूमिकालाई देख्नेहरु अहिले लजाउन थालेका छन् ।

    रविले कि त पहिले समर्थन फिर्ता लिनु हुँदैनथ्यो कि यसरी ओहो धेरै राम्रो गर्नु भो बधाई छ, हामी सहयोग गर्न तयार छौं भन्नु हुन्नथ्यो । यसले रविमा अझै पनि परिपक्व नेताको छवि नदेखिएको भन्दै उनको आलोचना हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend