काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘जिउँदा सहिद’ को रुपमा चिनिने बनेपाका मुकेश कायस्थको निधनले आफू स्तब्ध र दुखित भएको बताएका छन् ।
लोकतन्त्र बहालीका लागि भएको जनआन्दोलन ०६२÷६३ का क्रममा बनेपामा निस्केको ¥यालीमा सहभागी हुँदा प्रहरीको गोली लागी गम्भीर घाइते भएका कायस्थको वैशाख २७ गते साँझ शिर मेमोरियल अस्पतालमा निधन भएको थियो ।
‘नेपालको दोस्रो जनआन्दोलनमा १४ वर्षकै उमेरमा लोकतन्त्र बहालीका लागि आफ्नो प्राण जोखिममा राखी होमिनु भएका जिउँदा सहिद मुकेश कायस्थको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ ।
आज प्राप्त भएको राजनीतिक उपलब्धि उहाँ र उहाँ जस्तै वीर सहिदहरुको अतुलनीय योगदानबाट सम्भव भएको थियो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिका नेपाली इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।
उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा देउवाले भनेका छन् ।
कायस्थको आज अन्त्येष्टि गरिने भएको छ । गोली लागेको १८ वर्षपछि उनको निधन भएको हो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।