शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

नक्कली शरणार्थी प्रकरणले एमाले केन्द्रीय कमिटी बैठक झापामा नबस्ने

नक्कली शरणार्थी प्रकरणले एमाले केन्द्रीय कमिटी बैठक झापामा नबस्ने

  • मिडिया डबली
  • आइतवार, बैशाख २४ २०८०

  • 1.9K
    SHARES

  • नक्कली शरणार्थी प्रकरणले एमाले केन्द्रीय कमिटी बैठक झापामा नबस्ने
    फाइल तस्वीर

    काठमाडौं - पार्टी नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा तानिएपछि एमालेले वैशाख २८–३० गतेसम्म झापामा तय गरेको केन्द्रीय कमिटीको बैठक सारेर काठमाडौंमै राखेको छ ।

    विशेष कारणवश झापामा हुने भनिएको केन्द्रीय कमिटी बैठक काठमाडौंमा हुने एमालेले जानकारी दिएको छ ।

    आइतबार बसेको एमाले संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले झापामा हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गरी त्यही मितिमा काठमाडौंमा गर्ने जानकारी दिएका थिए ।

    पार्टीका सचिव टोपबहादुर रायमाझीसहित अन्य नेताहरू नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि एमालेले केन्द्रीय कमिटी बैठक काठमाडौंमै हुने निर्णय गरेको हो । यसअघि झापामा हुने भनेर सम्पूर्ण तयारी गरिएको थियो ।

    एमालेले दुई महिने ग्रासरुट अभियानको सुझावअनुसार काठमाडौं बाहिर पहिलोपल्ट केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो । वैशाख ३० गते केन्द्रीय कमिटी बैठक समापनपछि ३१ गते आमसभा गर्ने एमालेको तयारी थियो ।

    तर एमाले अध्यक्ष काठमाडौंमै बस्नुपर्ने बाध्यता आइलागेपछि केन्द्रीय कमिटी बैठक नै सर्न पुगेको छ । ओली अहिले यो प्रकरणलाई सामसुम बनाउन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिइरहेका छन् । सोही कारण एमाले सचिव रायमाझी फरार अवस्थामै छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ३ २०७९११:२२:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend