काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस चितवनका पूर्वकोषाध्यक्ष शंकर कँडेलको आत्महत्या प्रकरणलाई आफूले नजिकबाट नियालिरहेको बताएका छन् ।
उनले यो घटनामा राजनीतिक रंग नपोतियोस् भनेर आफू सचेत रहेको बताउँदै जिम्मेवार जनप्रतिनिधिको भूमिका निर्वाह गरिरहेको उल्लेख गरेका छन् ।
उनले कँडेलको आत्महत्या प्रकरणमा प्रहरी प्रशासनलाई अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको समेत जानकारी दिएका छन् ।
‘चितवनका सफल व्यवसायी शंकर कंडेल आत्महत्या प्रकरणमा म परिवारसँग निरन्तर संवादमा छु, प्रशासनसँग निरन्तर समन्वयमा छु । अनुसन्धानमा कुनै कमी नहोस् भनेर निरन्तर खबरदारी गरिरहेको छु, घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु ।
म सत्य, न्याय र पीडितको पक्षमा छु,’ रविले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु।
आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द हड्ताल केही नहोस् भनेर संयम पुर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु। म जिम्मेवार जनप्रतिनिधिको भूमिका निरन्तर निर्वाह गरिरहेको छु। चितवनले एउटा असल मानिस गुमाएकोमा अत्यन्तै दुःखी छु।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।