आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविका गाडी चालकबारे सामाजिक सञ्जालमा सार्वजनिक भएको अडिओको के हो वास्तविकता ?

रविका गाडी चालकबारे सामाजिक सञ्जालमा सार्वजनिक भएको अडिओको के हो वास्तविकता ?

  • मिडिया डबली
  • बिहिवार, बैशाख २१ २०८०

  • 4.2K
    SHARES

  • रविका गाडी चालकबारे सामाजिक सञ्जालमा सार्वजनिक भएको अडिओको के हो वास्तविकता ?

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापा (शम्भु) को निधन भइसकेको छ ।

    मंगलबार दिउँसो साढे १ बजे उपचारका क्रममा उनको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । उनको बुधबार नै अन्त्येष्टि भइसकेको छ ।

    थापा वैशाख ४ गते बिहान ४ बजे चितवनको भरतपुरस्थित रवि लामिछानेको तीन तले घरको छतबाट खसेर घाइते भएका थिए । उनलाई तत्काल चितवन मेडिकल साइन्सेजमा भर्ना गरी टाउकोको शल्यक्रिया गरिएको थियो ।

    तर टाउकोमा अत्यधिक रगत जमेकाले उनलाई रेफर गरी ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार गरिँदै आएको थियो । तर उनको निधनपछि अहिले सामाजिक सञ्जालमा थापाको स्वरको अडियो भाइरल बनेको छ ।

    भेन्टिलेटरमा रहेका भनिएका थापाको स्वर जस्तै गरी अडियोमा रविले, रविले भनेको सुनिन्छ । यो अडियोलाई लिएर अहिले व्यापक टीकाटिप्पणी भइरहेको छ ।

    एमाले नेता महेश बस्नेतले त सार्वजनिक रूपमै थापाको मृत्युबारे प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा अडियो क्लिप पनि सेयर गरेका छन् । उनले थापाको मृत्यु छतबाट खसेर होस्, अन्य भवितव्य नहोस् भनेर लेखेका छन् ।

    प्रहरीले आफूलाई अहिलेसम्म सो अडियोबारे कुनै जानकारी नभएको जनाएको छ । थापा र मुकुल ढकालका चालक सँगै सुते पनि उनले आफूले थाहा नपाएको बयान दिएका छन् ।

    प्रहरीले अहिलेसम्म अनुसन्धान जारी नै राखेको कुनै निष्कर्ष ननिस्केको जनाएको छ । घटनाको दिन रविको घरमा नौजना सुते पनि प्रहरीले दुईजनाबाहेक अरुसँग सामान्य सोधपुछ पनि गरेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend