आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछानेले सरकारमा जान मरिहत्ते गर्नुको कारण यस्तो रहेछ

रवि लामिछानेले सरकारमा जान मरिहत्ते गर्नुको कारण यस्तो रहेछ

  • मिडिया डबली
  • मंगलवार, बैशाख १९ २०८०

  • 10.1K
    SHARES

  • रवि लामिछानेले सरकारमा जान मरिहत्ते गर्नुको कारण यस्तो रहेछ

    काठमाडौं - उपनिर्वाचनको नतिजाले हौसिएको राष्ट्रिय स्वतन्त्र पार्टी सकारमा जान हतारिएको छ ।

    उपनिर्वाचन जितेलगत्तै रास्वपा सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका थिए । सोही पार्टीका सांसद स्वर्णिम वाग्लेले पनि भ्रष्ट सरकारलाई समर्थन गरिरहनु आवश्यक नरहेको जनाएका थिए ।

    तर अहिले एक सातामै रावस्पा सरकारमा जाने मनस्थितिमा पुगिसकेको छ । रास्वपाका अधिकांश केन्द्रीय सदस्यले सरकारमा जाँदा उत्कृष्ट कार्यसम्पादन गरेर जनताको मन जित्न सकिने धारणा राखेका छन् ।

    तर, त्यसका लागि सरकारको स्थिरता र मन्त्रालय सञ्चालनको स्वायत्तता चाहिने उनीहरूको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेपछि रास्वपाले केन्द्रीय सदस्य र सांसदको धारणा बुझ्ने प्रक्रिया थालेको थियो ।

    सोहीक्रममा सोमबार बसेको केन्द्रीय समिति बैठकमा धेरैजसो सदस्यले अर्को चुनावमा बहुमत ल्याउन सरकारमा गएर उत्कृष्ट काम गर्नैपर्ने धारणा राखेका हुन् ।

    रास्वपाले सरकारमा जाने या सरकारलाई दिएको समर्थन फिर्ता गरेर प्रतिपक्षमै बस्नेबारे ठोस निर्णय भने शुक्रबार गर्दै छ । रास्वपा सभापति रवि लामिछाने भने जुनसुकै हालतमा सरकारमा जानुपर्ने पक्षमा छन् ।

    केन्द्रीय समितिमा रविकै होल्ड छ । उनले जे चाह्यो त्यही निर्णय हुने अवस्था छ । कसैले विरोध गर्न सक्दैनन् । रवि अहिले प्रचण्डसँग पहिले आफूले पाएको मन्त्रालयमा दाबी गरिरहेका छन् । पहिले रास्वपाले गृह, शिक्षा र श्रम मन्त्रालय पाएको थियो ।

    रास्वपाले पाएको मन्त्रालय अहिले माओवादी, जसपा र लोसपाले चलाइरहेका छन् । साढे चार वर्ष सरकारमा बसेर आफ्नो शक्ति मजबुत बनाउने रविको चाहना छ । त्यसमाथि उनको दोहोरा राहदानी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

    उनले सोमबार पनि सर्वोच्चलाई पठाएको पत्रमा आफ्नो दोहोरो राहदानीले कसैलाई हानि नगरेको र महान्यायाधिवक्ताले गरेको निर्णयमा सर्वोच्चले परीक्षण गर्न नमिल्ने जिकिर गरेका छन् ।

    उनी उपप्रधानसहित गृह मन्त्रालय लिएर आफ्नो मुद्दालाई प्रभावित पार्न चाहिरहेको यी घटनाले पनि देखाउँछ । त्यही भएर पनि रवि कुनै पनि हालतमा सरकारमा जान खोजिरहेको भन्ने बुझिन्छ ।

    पहिले सरकारमा रहेका बेला दोहोरो नागरिकताको केसले उनले सांसद पद गुमाएका थिए । अब दोहोरो राहदानी केसले फेरि सांसद पद गुमाउन उनी चाहँदैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend