काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्य समिति र संसदीय दलको बैठक आइतबार बस्दै छ । उ
पसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि रास्वपाको संसदीय दलको बैठक बोलाइएको हो । केन्द्रीय कार्य समिति र संसदीय दलको बैठकवारे रास्वपाले शनिबार जुम मिटिङ गरेर जानकारी दिएको थियो।
रास्वपाले आजै सभापति रवि लामिछानेलाई संसदीय दलको नेता चुन्दैछ । दोहोरो नागरिकता प्रकरणमा सांसद पद रविको सांसद पद खारेज भएपछि उपसभापति अर्याललाई दलको नेता चुनिएको थियो ।
अर्यालले शनिबार पदबाट राजीनामा दिएकाले रविलाई नै दलको नेता चयन गर्न लागिएको हो । रास्वपाले आजको बैठकमा वर्तमान सरकारलाई समर्थन कायमै राख्ने कि फिर्ता लिने भन्ने बारेमा पनि निर्णय लिने बुझिएको छ ।
चितवन २ बाट पुनः सांसद निर्वाचित भएलगत्तै रविले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने रास्वपालाई सरकारमै सहभागी गराउने पक्षमा छन्।
उनले रास्वपाका सभापति रविलाई अनौपचारिक प्रस्ताव पनि गरेका छन्। रवि भने गृहसहित महत्वपूर्ण मन्त्रालय पाए सरकारमा सहभागी हुने, नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा देखिएका छन् ।
रवि साढे चार वर्षसम्म गृह मन्त्रालयमा बसेर काम गरेको देखाउन चाहिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।