आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछानेले भने– सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछौं

रवि लामिछानेले भने– सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछौं

  • मिडिया डबली
  • शुक्रवार, बैशाख १५ २०८०

  • 2.6K
    SHARES

  • रवि लामिछानेले भने– सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछौं

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शप लिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले तत्काल आफ्नो पार्टी सरकारमा नजाने पनि प्रस्ट पारे ।

    आफूहरूले चुनावमा जाँदा भ्रष्टाचार छानबिनको कुरा उठाएको र अहिले सरकारले त्यसलाई प्रमुख एजेन्डा नबनाएकाले समर्थन जारी राख्ने कि फिर्ता लिने भन्ने विषयमा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेर निर्णय लिने उनको भनाइ थियो ।

    ‘सरकारमा जाने विषयमा हामीले सोच्ने कुरा छैन । त्यस्तो वातावरण छैन । सरकारलाई दिएको समर्थन गर्नेबारे चाहिँ छलफल गर्नुपर्नेछ । कैयौं आपत्तिजनक घटनाक्रम भएका छन् । यसलाई समीक्षा गर्नुपर्छ’ लामिछानेले भने, ‘हामीलाई मतदाताले निश्चित म्यान्डेट दिएर पठाएका छन् । भ्रष्टाचारको छानबिन गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाटै हटायो ।’

    उनने आफूलाई प्रधानमन्त्री प्रचण्डले चुनाव जितेकोमा बधाई दिन फोन गरेको तर सरकारमा सामेल हुने विषयमा कुनै कुरा नभएको दाबी गरे ।

    लामिछानेले आफ्नो दल एमालेसँग बढी कम्फोर्टेबल भएको भन्ने भाष्य गलत भएको बताएका छन् । विगतमा सरकारमा रहँदा यस्ता चर्चा भए पनि त्यो गलत भएको भन्दै खण्डन गर्न चाहन्छु भनेका छन् ।

    उनले आफ्नो दलले निश्चित एजेन्डाका आधारमा मात्र कुनै दलसँग सहकार्य गरिरहेको बताउँदै उनले कुनै एक दलसँग नजिक नरहेको बताए ।

    ‘हामी सरकारमा रहँदा पनि पहिलोपटक मन्त्री बोलाउने दल हौं । सरकारबाट बाहिरिए पनि समर्थन गरेका थियौं । त्यसैले एमालेसँग मात्र नजिक रहेको भन्ने कुरा सत्य होइन,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend