आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कार्यकर्ता सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेख्ने, रवि लामिछाने माफी माग्ने

कार्यकर्ता सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेख्ने, रवि लामिछाने माफी माग्ने

  • मिडिया डबली
  • बिहिवार, बैशाख १४ २०८०

  • 1.9K
    SHARES

  • कार्यकर्ता सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेख्ने, रवि लामिछाने माफी माग्ने

    काठमाडौं - पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका कार्यकर्ता र समर्थक अराजक बन्दै गएका छन् ।

    रास्वपाका जस्ता अराजक र असभ्य समर्थक अहिलेसम्म नेपालमा कोही कसैको नभएको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

    पार्टीकै समर्थक र कार्यकर्ताको अराजकताका कारण चितवन भरतपुरकी एक युवतीले मानसिक यातना भोग्नुपरेको छ । बुधबार रवि लामिछाने आफैं ती युवतीको घरमा पुगेर माफी मागेका छन् ।

    चितवन २ को उपनिर्वाचनको क्रममा केही युट्युब च्यालनलमा अन्तर्वार्ता दिँदा बोलेका शब्दलाई लिएर रास्वपा समर्थकहरूले युवतीमाथि अश्लील गाली गर्नुका साथै व्यङ्ग्य गरेका थिए ।

    रविले मानसिक पीडा भोगेकी युवती र उनको परिवारलाई भेट्दै लामिछानेले गाली गर्नेहरूको तर्फबाट आफूले माफी मागेका हुन् । ‘तपाईँ छोरी जस्तो, बहिनी जस्तो मान्छे । तपाईलाई कति नराम्रो भने, मेरा लागि त्यो राम्रो कुरा होइन,’ लामिछानेले भने, ‘आफूलाई लागेको कुरा यसरी नै व्यक्त गर्नू ।

    राजनीतिमा मन नपरेको मानिसलाई मज्जाले गाली गर्न पाइन्छ । 'मैले भनेर कसैले गाली गरेको होइन, जसले गरे पनि मैले माफी माग्छु ।’ आफूलाई गालीगलौज गर्नेलाई युवतीको परिवारले प्रहरीमा उजुरी दिने तयारी गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend