काठमाडौं - प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
वैशाख १० गते खसेको ७८ हजार २७७ मा रविले ५४ हजार २७६ मत पाएका छन् । मंसिरको निर्वाचनभन्दा रविले पाँच हजार मत बढी पाएका छन् । रविले प्रतिस्पर्धी उम्मेदवारलाई ४३ हजार मतले पराजित गरेका हुन् ।
जुन अहिलेसम्मकै ठूलो जितहार हो । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २५१ मत पाएका छन् । मंसिरको निर्वाचनमा कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले २४ हजार नौ सय मत पाएका थिए ।
अहिले कांग्रेसको झन्डै चार हजार मत कमी आएको छ । चितवन २ मा नेपाली कांग्रेसका १७ हजार क्रियाशील सदस्य छन् । तर पार्टीका उम्मेदवार श्रेष्ठले ११ हजार मत मात्रै पाएका छन् ।
जबकि कांग्रेसलाई गठबन्धनको पनि साथ छ । त्यसैले कांग्रेसकै क्रियाशील सदस्यको ६ हजार मत रविलाई गएको देखिन्छ ।
एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाएका छन् । मंसिरको निर्वाचनमा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६ सय मत पाएका थिए । अहिले एमालेको तीन हजार मत गुमेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।