आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविले दादागिरी देखाएपछि कमलकुसुम मतदान केन्द्रमा रोकियो मतदान, एमाले र कांग्रेसको कडा प्रतिवाद

रविले दादागिरी देखाएपछि कमलकुसुम मतदान केन्द्रमा रोकियो मतदान, एमाले र कांग्रेसको कडा प्रतिवाद

  • मिडिया डबली
  • आइतवार, बैशाख १० २०८०

  • 3.7K
    SHARES

  • रविले दादागिरी देखाएपछि कमलकुसुम मतदान केन्द्रमा रोकियो मतदान, एमाले र कांग्रेसको कडा प्रतिवाद

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ का उम्मेदवार रवि लामिछाने आफ्ना कार्यकर्तासहित नाराबाजी गर्दै मतदान केन्द्रमा प्रवेश गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।

    दुई पक्षबीच विवाद भएपछि अहिले मतदान रोकिएको छ । एमाले र गठबन्धनका कार्यकर्ता नाराबाजी र हुटिङ गरिरहेका छन् । सबै दलका प्रतिनिधि छलफलमा जुटेका छन् ।

    चितवनको नयाँकिरण कमलकुसुम माध्यमिक विद्यालय मतदान केन्द्रमा रास्वपाका सभापति लामिछाने कार्यकर्तासहित प्रवेश गरेपछि एमाले, नेपाली कांग्रेस, माओवादीका कार्यकर्ताले विरोध गरेका थिए ।

    दुई पक्षबीच विवाद हुँदा मतदान प्रभावित भएको हो । चितवन २ का उम्मेदवार भए पनि मतदान केन्द्रमा नाराबाजी गर्दै रवि प्रवेश गरेपछि गठनबन्धन र एमालेका नेता कार्यकर्ताले विरोध गरेका थिए ।

    दुवै पक्षबीच भानाभनसहित झडपको अवस्था आएको थियो । प्रहरीले भिड नियन्त्रण गर्न लाठी प्रहार गरेको थियो । यसक्रममा एमाले र गठबन्धनका केही कार्यकर्ता पक्राउसमेत परेका छन् ।

    चितवनमा रास्वपाका कार्यकर्ताको दादागिरी बढी भएपछि एमाले र गठबन्धनका कार्यकर्ता प्रतिवाद गर्ने मनस्थितिमा पुगेका छन् ।

    मंसिरमा अप्र्रत्यासित धेरै मत ल्याएर जितेपछि रविका समर्थकमा घमण्ड बढेको भन्दै एमाले र कांग्रेसका कार्यकर्ता आक्रोशित गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend