काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तनहुँमा टेक्निकल विश्वविद्यालय र अस्पताल बनाउने प्रतिवद्धता जनाएका छन्। तनहुँ–१ का कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई मत माग्दै उनले यस्तो प्रतिवद्धता जनाएका हुन्। डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गोविन्द भट्टराईलाई मन्त्री बनाउने उनले बताए।
‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन। तनहुँले अब राष्ट्रपति पनि पाइसकेको छ,’ उनले भने, ‘व्यास अब राष्ट्रपतिको भूमि पनि बन्यो। गोविन्द योग्य उम्मेदवार हुनुहुन्छ। उहाँ मन्त्री हुन योग्य हुनुहुन्छ, हुनुहोला पनि!’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।