आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कहाँबाट आउँछ रविलाई चुनावी खर्च ?

कहाँबाट आउँछ रविलाई चुनावी खर्च ?

  • मिडिया डबली
  • मंगलवार, बैशाख ५ २०८०

  • 3.0K
    SHARES

  • कहाँबाट आउँछ रविलाई चुनावी खर्च ?
    काठमाडौं- नेपाली कांग्रेस, एमाले, माओवादीलगायत दलका वडास्तरदेखि नै संगठन छन् । उनीहरूको संगठित कार्यकर्ता छन् । लेबी उठाउँछन् । सहयोग गर्ने समूह छ ।
     
    तर १० महिनाअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको तल्लो तहमा कमिटी छैन । पूर्णकालीन कार्यकर्ता पनि छैनन् । तर रवि लामिछाने, स्वर्णिम वाग्ले र रमेश खरेलले अहिले धक फुलाएर खर्च गरिरहेको देख्दा प्रतिस्पर्धी दलहरू आश्चर्यमा परेका छन् ।
     
    मंसिरको निर्वाचनमा रास्वपालाई ग्रामीण क्षेत्रबाट कम भोट आएको थियो । जति भोट बटुलेको थियो, सबै सहरबाट पाएको थियो । त्यही कारण अहिले रास्वपाले गाउँगाउँमा आफ्नो प्रभाव बढाउन मनग्गे खर्च गरिरहेको छ । चितवनबाट प्राप्त समाचारअनुसार रास्वपाका कार्यकर्ता र समर्थकले मतदातालाई प्रभावित पार्न कालिका नगरपालिका र इच्छामनकामना गाउँपालिकामा बोराका बोरा चामल ढुवानी गरिरहेका छन् ।
     
    मंसिरको निर्वाचनमा रविलाई कालिाका र इच्छा मनोकामनाबाट निकै कम मत आएको थियो । सोही कारण अहिले रास्वपाका कार्यकर्ता समर्थकले गाउँलार्ई टार्गेट बनाएका हुन् । यसपटक भरतपुर महानगरपालिकाका १० वटा वडामा निकै कम मत खस्ने र त्यसमा पनि कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानेलाई धेरै जाने भएकाले रवि आत्तिएका छन् ।
     
    रवि, रमेश र स्वर्णिमलाई चुनाव खर्च विदेशी दातृनिकाय र क्रिस्चियनसँग सम्बन्धित संघसंस्थाले पठाउने गरेको स्रोतले बतायो । मुख्य सहयोगी भने युरोपियन युनियन रहेको बताइन्छ । रवि समूहले अहिले काठमाडौंबाट धेरै मानिस लगेर भरतपुरमा परिचालन गरेको बुझिएको छ ।
     
    जहाँ गए पनि चालीस पचासजना जति युट्युबे बोकेर हिँड्ने गरेका रविले सामाजिक सञ्जालमा प्रभाव जमाउन डेढ सय जति एक्सपर्टलाई परिचालन गरेको विशेष स्रोतले बतायो । अहिले रविको विरुद्धमा कसैले सामाजिक सञ्जालमा लेख्यो बोल्यो भने रास्वपाका साइबर सेल एकैपटक झम्टिने गरेका छन् ।
     
    रविको प्रचार प्रसारमा हिँडेकालाई मदिरा फ्रि गरिएको पाइएको छ । सोमबार बिहान उनकै गाडी चालक घरको छतबाट तल खसेर घाइते भए । उनको अहिलेसम्म होस खुल्न सकेको छैन । उनको कोठामा पनि मदिराको बोतल प्रहरीले फेला पारेको छ । पूर्वगृहमन्त्री भएकाले प्रहरीले सबै तथ्य बाहिर ल्याउन डराइरहेको छ ।
     
     
     
     
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend