आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविको प्रचार शैलीः वरिपरि ४०/५० जना युट्युबे बोक्ने, अरुलाई गाली गरेर थर्काउने

रविको प्रचार शैलीः वरिपरि ४०/५० जना युट्युबे बोक्ने, अरुलाई गाली गरेर थर्काउने

  • मिडिया डबली
  • सोमवार, बैशाख ४ २०८०

  • 2.4K
    SHARES

  • रविको प्रचार शैलीः वरिपरि ४०/५० जना युट्युबे बोक्ने, अरुलाई गाली गरेर थर्काउने

    काठमाडौं- बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचनको ज्वरो उत्कर्षमा पुगेको छ । तीनवटै क्षेत्रमा उम्मेदवारी दिएका दलका शीर्ष नेताहरू अहिले प्रचार प्रसारमा लागेका छन् । नेपाली कांग्रेस, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाले फरकफरक चुनावी प्रचारको शैली अपनाएका छन् ।

    कांग्रेसले चितवन २ र तनहुँ १ मा उम्मेदवारी दिएको छ । एमालेले तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । रवि लामिछाने नेतृत्वको रास्वपाले पनि तीनवटै क्षेत्रमा उम्मेदवारी दिएको छ । कांग्रेसले तनहुँ १ र चितवन २ लाई प्रतिष्ठाको विषय बनाएको छ । र, सोही रणनीतिअनुसार प्रचारमा लागेको छ । एमाले तीनवटै क्षेत्रमा केन्द्रित भएको छ । जसपाले बारा २ मा आफूलाई केन्द्रित गरेको छ । माओवादी र एकीकृत समाजवादी गठबन्धनको उम्मेदवार जिताउन मैदानमा उत्रिएका छन् ।

    रास्वपा भने तीनवटै निर्वाचन क्षेत्रमा क्लिन स्विप गर्छु भन्दै प्रचारमा लागेको छ । जबकि रास्वपाको कुनै संगठन छैन । तर पनि उसको प्रचार शैलीले अरु दललाई अत्याएको छ । तीनवटै निर्वाचन क्षेत्रमा रवि एक्लै कुदेका छन् । तर कांग्रेसर्, एमालेले त्यसो गर्न सकेको छैन । 

    रविको प्रचार शैली भिन्न छ । उनी जहाँ पुग्छन् त्यहाँ ४०/५० जना युट्युबे सँगै हुन्छन् । रविले बोलेका, गाली गरेका, थर्काएका कुरा तुरुन्तै युट्युबमा हालिदिन्छन् । जुन टिकटकसहित सामाजिक सञ्जालमा भाइरल हुने गर्छ । एकैचोटि ४०/५० जना युट्युबे लिएर हिँड्दा ठूलो भिड देखिने, जताततै क्यामेरा देखिँदा मानिसहरू झुम्मिने गरेका छन् । त्यसैलाई भजाउन रवि सफल हुँदै गएका छन् ।

    सामाजिक सञ्जालमा रवि हिँडेको, सभामा बोलेको मास देख्दा एक हिसाबले मतदाता प्रभावित पनि भइरहेका छन् । जसलाई चिर्न कांग्रेस, एमाले जस्ता ठूला दलका नेता असफल भइरहेका छन् । चितवन र तनहुँका विभिन्न ठाउँमा भोट माग्न हिँडेका रविलाई मतदाताले प्रश्न गर्दा उल्टै रविले लगेर थुनिदिन्छु भन्दै थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेका छन् । रविका समर्थक अहिले तालिवानी शैलीमा उत्रिएका छन् ।

    रविको विरोध गर्नेमाथि नानाभाती गालीगलौज गर्ने, थर्काउने, महिलामाथि अश्लील गालीगलौज सामान्य भइसकेको छ । यसले चाँडै नेपाली समाजमा अराजकतावादी हाबी हुने संकेत गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend