आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछानेको फन्डा, ‘विदेशबाट सिइओ हायर गर्छु, एयरपोर्टमा स्वागत गर्छु’ भन्थे कसैले पत्याएन

रवि लामिछानेको फन्डा, ‘विदेशबाट सिइओ हायर गर्छु, एयरपोर्टमा स्वागत गर्छु’ भन्थे कसैले पत्याएन

  • मिडिया डबली
  • आइतवार, बैशाख ३ २०८०

  • 1.9K
    SHARES

  • रवि लामिछानेको फन्डा, ‘विदेशबाट सिइओ हायर गर्छु, एयरपोर्टमा स्वागत गर्छु’ भन्थे कसैले पत्याएन

    काठमाडौं- मंसिरको निर्वाचनअघि चुनावी सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेश गएका योग्य नेपाली नागरिकलाई आफ्नो अफिसमा सिइओ राख्ने घोषणा गरेका थिए । आकर्षक तलबसहित आउन चाहनेलाई उनले आफैं एयरपोर्टमा गएर स्वागत गर्ने भनेका थिए । तर आजसम्म पनि रास्वपाले पार्टी कार्यालयमा सिइओ भर्ना गर्न सकेको छैन । देश बनाउन पार्टी कार्यालयमा सिइओ राख्ने त्यो रविको चुनावी फन्डामात्र थियो ।

    उनले आजसम्म कोही कसैलाई सिइओ राखेको थाहा पाएको छैन । उनी सिइओ बन्न चाहनेलाई स्वागत गर्न एयरपोर्ट गएको पनि नेपाली जनताले थाहा पाएका छैनन् । उनले स्थानीयलाई नै सिइओ राख्छु भन्न सक्थे । तर जागिर खुवाउनु परे विदेश गएकालाई खुवाउँछु भने । जनताले पत्याइदिए । 

    त्यही भएर अहिले उनको यी सबै चुनावी फन्डा निस्तेज पार्ने अभियानमा नेपाली कांग्रेसका नेता एवं अर्थशास्त्री डा.विश्व पौडेल लागेका छन् । उनले चितवनका जनता स्टन्ट गर्न माहिर लामिछानेको गफमा भुलेको बताएका छन् । रविको नाम उल्लेख नगरी उनले गोजीमा नागरिकता नहुनेको गफमा जनता भुलेको टिप्पणी गरेका छन् ।
    छ ।

    ‘हामीले हार्दा कस्ता ‘क्षमतावान’ ले जिते, जगजाहेर छ । जसको गोजीमा नागरिकता छैन, उनैको देश बनाउने गफमा हाम्रा जनता भुले,’ पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सिइओ राख्ने नौटंकी, पानी ओसार्ने नौटंकी ? कोही स्थानीयले सिइओको जागिर पाए ? एयरपोर्ट गएर कसैलाई ल्याइयो ?’ पौडेल गत मंसिर ४ गतेको निर्वाचनमा चितवन १ का उम्मेदवार थिए ।

    नेता पौडेलले स्टन्टबाजभन्दा जनताको सहज पहुँचमा रहने स्थानीय उम्मेदवारलाई जिताउन चितवन २ का मतदातालाई आग्रह पनि गरेका छन् । जनताको समस्यालाई ‘स्टन्ट’को विषय बनाउनेलाई  पराजित गरेर सबक सिकाउनुपर्ने उनको भनाइ छ । 

    ‘मेरा मित्र जितनारायण श्रेष्ठजी सानैदेखि चितवनमा बस्नुभयो, मर्दापर्दा सबैको साथी बन्नुभयो, स्थानीयको सुख दुःखमा साथ दिनुभयो । सबैलाई खुसी बनाउन खोज्नुभयो । गाउँमा हुर्केको साधारण मान्छेको छोरो सानैमा कांग्रेस जस्तो पार्टीको जिल्ला सभापति बन्नुभयो । भोलि चाहिँदा उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ, गाली खान ताली खान सबैको लागि उहाँँ सजिलै उपलब्ध हुनुहुन्छ,’ पौडेलले लेखेका छन्, ‘जीतनारायण स्टन्टवाज हैनन्, यी अगाडि पछाडि क्यामेरा लगाएर स्टन्ट गर्दैनन्, अँध्यारो कुनामा साइबर सेना राखेर आक्रमण गर्दैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend