आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछानेलाई चित्रबहादुरको दनक–खास्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो

रवि लामिछानेलाई चित्रबहादुरको दनक–खास्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो

  • मिडिया डबली
  • आइतवार, बैशाख ३ २०८०

  • 3.2K
    SHARES

  • रवि लामिछानेलाई चित्रबहादुरको दनक–खास्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो

    काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय  परिचयपत्रमा नागरिकका तथ्यांक रुजु गर्ने ठेक्का विदेशी कम्पनीलाई दिइएको भन्दै आपत्ति जनाएका छन्। उनले नागरिकका वैयक्तिक र जैविक तथ्यांकमा विदेशी कम्पनी र एजेन्टहरूको पकड भित्राउने गरी कानुनविपरीत ठेक्का लगाउनेलाई कारबाहीको दायरामा ल्याउन माग गरेका हुन् ।


    ‘राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका संवेदनशील विवरण रुजु गर्ने संयन्त्र बनाउने पहल भइरोखको बेला हतारमा निजी कम्पनीलाई ठेक्का दिनु आपत्तिजनक छ । एकातिर नागरिकका वैयक्तिक र जैविक तथ्यांकमा विदेशी कम्पनी र एजेन्टहरुले पकड राख्ने र त्यसैमाथि आर्थिक कारोबार गर्ने विषय अस्वीकार्य छ,’ केसीले भने, ‘ठेक्का दिँदा विधि विधानले तोकेको मापदण्डविपरीत ७ दिनको बोलपत्र गरेर ठेक्का दिनु दण्डनीय छ । यसमा केसकानुनी सम्परीक्षणमा ल्याउनुपर्छ,’ प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै केसीले भने, ‘पुराना पार्टीहरुले गल्ती कमजोरी गरे, स्वार्थअनुसार नियम कानुन बनाउँथे । नयाँ आएका पार्टीले नयाँ चीज ल्याउने भए भनेर नेपाली जनता मख्ख भएर हेरिरहेका थिए,’ केसीले अघि भने, ‘खास्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो, यो विषयलाई त्यसै छोड्न मिल्दैन ।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend