काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मेघ आलले आफूलाई सांसद नबनाएको भन्दै पार्टी नेतृत्वविरुद्ध निर्वाचन आयोग उजुरी दिने भएका छन् ।
उनले समानुपातिक प्रणालीको विधि पार्टीले उलंघन गरेको आरोप लगाएका छन् । जनजातितर्फको दुई नम्बरमा रहेकोले आफूलाई सांसद बनाउनुपर्ने उनको जिकिर छ ।
उनले सभापति रवि लामिछाने र महामन्त्री मुकुल ढकालले लोकतान्त्रिक अभ्यास मिचेर आफूलाई अन्यायमा पारेको बताएका छन् ।
पार्टीले बिहीबार समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई निष्कासन गरी उनको ठाउँमा बिन्दबासिनी कंसाकारलाई पठाउने निर्णय गरेको थियो । कंसाकार महिला र जनजाति दुवैतर्फ तेस्रो नम्बरमा रहेको आलेको जिकिर छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।