काठमाडौं– कोरोना संक्रमणका कारण मंगलबार एक जनाको मृत्यु भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार वीर अस्पतालमा उपचाररत ७८ वर्षका पुरुषको मृत्यु भएको हो।
उनी करिब ३ साताअघि अस्पताल भर्ना भएका थिए। तीन महिना यता कोरोना संक्रमणबाट मृत्यु भएको थिएन। यसअघि कोरोना संक्रमणबाट २३ पुसमा एक जनाको मृत्यु भएको थियो।
यस्तै मंगलबार १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अहिले कोरोनाको संक्रिय संक्रमितको संख्या ४६९ छ। मंगलबार मात्रै ४८ जना कोरोनाका विरामी निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।