आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

रविले भनेको ७२ घन्टा आज सकिँदै, होला त ढाकाकुमारमाथि कारबाही ?

रविले भनेको ७२ घन्टा आज सकिँदै, होला त ढाकाकुमारमाथि कारबाही ?

  • मिडिया डबली
  • मंगलवार, चैत्र २८ २०७९

  • 1.8K
    SHARES

  • रविले भनेको ७२ घन्टा आज सकिँदै, होला त ढाकाकुमारमाथि कारबाही ?

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठलाई मन्त्री बन्न दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो टेप सार्वजनिक भएपछि रवि लामिछानेले ७२ घन्टाभित्र कारबाही गर्ने घोषणा गरेका थिए ।

    उनले यदि ७२ घन्टाभित्र कारबाही गर्न नसके आफूलाई बाराको गढीमाई मन्दिरमा बलि दिनु भनेर चुनावी सभामा भनेका थिए । रविले भनेको समय आज गुज्रिँदै छ । उनले भनेको ६५ घन्टा बितिसकेको छ ।

    अब पाँच–सात घन्टामा श्रेष्ठमाथि रविले कारबाही गर्लान् भन्ने कसैले सोचेको पनि छैन । बरु रविले सोमबार चुनावका बेला प्रभावित बनाउन योजनाबद्ध ढंगले अडियो प्रकरण बाहिर ल्याएको भनेर श्रेष्ठलाई उन्मुक्ति दिने संकेत गरेका छन् ।

    रविले कारबाही गर्ने समय गुज्रिँदै गएको अवस्थामा बरु फेरि श्रेष्ठसँग जोडिएको अर्को अडियो पनि सार्वजनिक भएको छ । ढाकाकुमार श्रेष्ठको भाइ बताउने एक व्यक्ति र दुर्गा प्रसाईंबीचको अडियो रेकर्ड सार्वजनिक भएको हो ।

    तर यो अडियो ढाकाकुमारका आफ्नै भाइको हो वा प्रायोजित ढंगले तयार गरिएको हो, त्यसको स्वतन्त्र पुष्टि हुन चाहिँ बाँकी छ । कपुरबोट युट्युब च्यानलले सार्वजनिक गरेको अडियो रेकर्डमा ढाकाकुमारका भाइ बताउने व्यक्तिले दाजु फसेको उल्लेख गर्दै दाइलाई भेटिदिन र बचाइदिन प्रसाई, उनका सहयोगीसमक्ष आग्रह गरेका छन् ।

    ‘एकचोटि दाइले भेट्न खोज्नुभाथ्यो हजुरलाई, कता हुनुहुन्छ होला ?,’ ढाकाकुमारका भाइ बताउने व्यक्तिले सोधनी गरेका छन् । जवाफमा प्रसाईंले भनेका छन्, ‘म आज वीरगञ्जको कार्यक्रममा छु । भरे बेलुका भेट्न भन्दिनुहोला नि त ल ।’

    रास्वपाकै अर्का सांसद मनिष झाले पनि श्रेष्ठको अडियोमा विश्वास गर्न नसकिने भन्दै उन्मुक्ति दिन खोजेका छन् । सोमबार संसद् भवनमा सांसद झाले श्रेष्ठको स्वर नरहेको भन्दै यसमा विश्वास नै गर्न नसकिने बताए । उनी रवि लामिछानेको कोर टिममा पर्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend