काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले कुराकानी गरेका छन् । सोमबार बिहान देउवा निवास धुम्बाराहीमा भएको भेटवार्तामा तनहुँ कांग्रेसको राजनीतिबारे छलफल भएको थियो ।
तनहुँ २ मा हुन गइरहेको उपनिर्वाचनलाई मध्यनजर गर्दै देउवाले जोशी पुत्र दीपकराजलाई धुम्बाराहीमा बोलाएका थिए । उनले तत्काल गोविन्दराज जोशीलाई पार्टीको केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरे पनि दीपकराजले अस्वीकार गरेको बताइएको छ । दीपकराजले बाबु जोशीलाई स–सम्मान कांग्रेस फर्काउन मात्र नभई आफ्नो समूहमा रहेका सबैलाई न्याय दिनुपर्ने माग गरेका थिए ।
तर देउवाले अहिलेलाई गोविन्दराज जोशीलाई केन्द्रीय सदस्य बनाउन सकिने, अरु विषयमा पछि छलफल गर्ने बताएका थिए । दीपकराज जोशीले भने उपनिर्वाचनअघि नै माग पूरा गर्नुपर्ने बताएका थिए । उनले उपनिर्वाचनलाई लक्षित गर्दै हथकण्डा अपनाउन नहुने बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।