काठमाडौं - आइतबार एकाएक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न पैसा बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड मागेको अडियो टेप सार्वजनिक भएपछि राजनीति एकाएक तरंगित भयो ।
दिनभर सोही विषयको चर्चा भयो । चुनावी प्रचारको दौडमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आफ्नो पार्टीका उम्मेदवारलाई हराउन खोतली खोतली नयाँ नयाँ विवाद निकालेको भनेर जनतालाई ढाँटे ।
उनले जनताको सहानुभूति पाउन दोषी देखिए सांसद श्रेष्ठलाई ७२ घन्टाभित्र कारबाही गर्ने, नगरे गढीमाई मन्दिरमा बलि दिन भने । तर आइतबार मध्यराति उनले सामाजिक सञ्जालमा लेखे– ‘कुहिएको आलु बोराबाट कसरी फाल्ने मलाई राम्रोसँग थाहा छ । यसबारे भोलि थप कुरा गरौंला ।’
रविको यो स्टाटस आफू पनि फस्ने डरले लेखेका थिए । किनभने दिउँसो चुनावी सभामा ७२ घन्टाभित्र कारबाही गर्छु भन्ने रवि राति नहुँदै गल्नुले यसमा उनको कोर टिम र उनी आफैं पनि संलग्न रहेको आशंका गरिएको छ ।
किनभने केही समयपछि रविविरुद्ध यस्ता धेरै बार्गेनिङ गरेर पैसा असुलेको घटना सार्वजनिक हुने अनुमान गरिएको छ । हिजो न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ चलाउँदा रविको टिमले क्रसर व्यवसायी, मेडिकल कलेज, विभिन्न उद्योगपतिसँग पैसा असुलेको चर्चा चलेको थियो । उनको रास्वपामा अहिले त्यस्तै त्यस्तै चरित्र भएका व्यक्तिको हाबी छ ।
रवि आफैं विभिन्न काण्डमा मुछिएका र जेल परेका व्यक्ति हुन् । उपसभापति डिपी अर्याल म्यानपावर सञ्चालक हुन् । जसले धेरैलाई ठगेर विदेश पठाएको समाचार आइसकेको छ । ढाकाकुमार श्रेष्ठ त सहकारी ठगीमा कारबाही नगरी छाडिएका व्यक्ति पनि हुन् ।
श्रेष्ठले पोखराको एउटा सहकारीमा गरेको भ्रष्टाचारको कुरा सांसद बनेको केही दिनमै आएको थियो । तर त्यसबेला सुनेको नसुन्यै गरे । पोखराको पृथ्वीचोकमा रहेको शुभ बिहानी पोलिक्लिनिक चलाउने श्रेष्ठले त्यहाँ अवैध गर्भपतन गराउने गरेको खुलेको छ । पोखराको रत्नचोकमा उनले स्थापना गरेको साथी किसान सहकारीका बचतकर्ताको पैसा डुबेको छ ।
उनले आफू अध्यक्ष हुँदाको हिसाब बुझबुझारथ नगरी बिदा भए, नयाँ नेतृत्वले जिम्मा लिन नमान्दा सहकारी बन्द छ भने बचतकर्ताको बिचल्ली छ ।
समाजसेवाका नाममा ‘हाम्रो परिवर्तन नेपाल’ नामक संस्था खोलेका थिए, तर त्यहाँ पनि उनले गडबड गरेका थिए । संस्थाले श्रेष्ठको जन्मथलो पोखरा–२४ कास्कीकोटमा खानेपानी बोरिङका लागि ०७४ मा रकम संकलन गरेको थियो ।
एक सय बढी स्थानीय उपस्थित भएर रकम दिए पनि कति रकम जम्मा भयो भन्ने जानकारी श्रेष्ठले कसैलाई पनि दिएनन् । यस्ता व्यक्तिलाई बोक्ने रविको राजनीति अब कसरी अघि बढ्छ हेर्नैपर्ने हुन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।