आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविविरुद्धको राहदानी मुद्दा : अन्तरिम आदेश आएन, विपक्षीसँग जवाफ माग

रविविरुद्धको राहदानी मुद्दा : अन्तरिम आदेश आएन, विपक्षीसँग जवाफ माग

  • मिडिया डबली
  • बुधवार, चैत्र २२ २०७९

  • 2.4K
    SHARES

  • रविविरुद्धको राहदानी मुद्दा : अन्तरिम आदेश आएन, विपक्षीसँग जवाफ माग

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दोहोरो राहदानी दुरुपयोगको मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। 

    न्यायायाधीश हरि फुयालको इजलासले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णयबारे विपक्षी महान्यायाधिवक्ताको कार्यालयसहितसँग जवाफ माग गर्ने आदेश गरेको हो। अधिवक्ता युवराज पौडेल सफलले लामिछानेले एकैपटक नेपाल र अमेरिकाको राहदानी प्रयोग गरेर गम्भीर कसुर गरेकोमा त्यसमा उन्मुक्ति दिनेगरी महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले उनको रिटमा अन्तरिम आदेश भने दिएन । अन्तरिम आदेश दिएको भए लामिछानेको उम्मेदवारी नै खारेज हुन्थ्यो । 

    निर्वाचन अधिकृतको कार्यालय चितवनले रवि लामिछाने विरूद्धका सबै उजुरी खारेज गरेको छ । चितवन २ मा उम्मेदवारी दिएका लामिछानेको उम्मेदवारी खारेज गर्न भन्दै मंगलबार चारवटा उजुरी परेको थियो । ती उजुरीमध्ये युवराज पौडेल सफलको उजुरी लिन नमिल्ने कार्यालयले बुधबार बिहान जनाएको थियो । 

    बाँकी तीनजनाको उजुरी पनि प्रमाण नपुग्ने भन्दै निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेपछि लामिछानेको उम्मेदवारी कायमै रहेको छ । आफूविरुद्ध दाबीविरोधको उजुरी परेपछि लामिछानेले ६ पन्ने स्पष्टीकरण बुझाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend