आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

चुनाव जित्न हिजो ‘नो नट अगेन’ को क्याम्पेन अहिले रविकै लागि भारी पर्ने

चुनाव जित्न हिजो ‘नो नट अगेन’ को क्याम्पेन अहिले रविकै लागि भारी पर्ने

  • मिडिया डबली
  • मंगलवार, चैत्र २१ २०७९

  • 2.2K
    SHARES

  • चुनाव जित्न हिजो ‘नो नट अगेन’ को क्याम्पेन अहिले रविकै लागि भारी पर्ने

    काठमाडौं - मंसिर ४ गतेको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको क्रेज जस्तो थियो, पाँच वर्षमा त्यो सर्लक्कै घटेको छ ।

    हिजो प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई हराउन भन्दै ‘नो नट अगेन’ को क्याम्पेन अहिले रविकै लागि भारी पर्ने संकेत देखिएको छ ।

    हिजो कांग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी, जसपाका नेतालाई संसदमा आउनबाट रोक्नुपर्छ भन्ने रवि तिनै नेतासँग हारगुहार गरी सरकारमा पुगेपछि र दोहोरो राहदानी प्रकरणमा सत्ताको सौदाबाजी गरेकाले आमजनता उनीसँग रुष्ट बनेका छन् ।

    त्यसको असर चितवन २ को निर्वाचनमा देखिने निश्चित छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सोमबार भरतपुरमा आयोजित सभामा कांग्रेसमा १८ हजार मानिस फर्किसकेकाले नतिजा उल्टिने त्यसै भनेका होइनन् ।

    हिजो कांग्रेसका पूर्वसभापति विकास कोइराला र दिनेश कोइरालालाई पार्टीले कारबाही गरेकाले त्यो असन्तुष्टिको मत रविले पाएका थिए । तर यसपटक विकास र दिनेश दुवै कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठलाई जिताउन लागिसकेका छन् ।

    उता, एमालेले पनि स्थानीय रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएकाले रविलाई ठूलो चुनौती थपिएको छ । यदि माओवादी मतदाताले गठबन्धनकै उम्मेदवारलाई भोट हालेमा रविको वास्तविक परीक्षण हुने छ ।

    अहिले चितवन २ मा कांग्रेस र एमालेका शीर्ष नेता पुग्ने क्रम सुरु भएको छ । दुवै पार्टीका उम्मेदवार र केन्द्रीय नेताहरूले रविको मुखुण्डो उतार्ने प्रस्ट छ ।

    सत्तासँग सौदाबाजी गर्ने चरित्र बोकेका रविलाई भोट दिएर जनमतको अपमान नगर्न खबरदारी हुन थालेको छ । आफूबाहेक अरु कोही पनि होइन भन्ने सोच रविमा देखिएको छ । सोही कारण उनले पार्टीका नेतालाई सरकारमा जान रोकेका छन् ।

    उपनिर्वाचनमा आफूले जिते सरकारमा जाने उनको रणनीति छ । त्यही भएर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सौदाबाजी गरेको प्रस्ट देखिएको छ ।

    आफूले जितेमा उनी प्रचण्ड, शेरबहादुर देउवा, केपी ओली जसको पनि सरकारमा रवि जान्छन् भन्ने सबै विश्वस्त छन् । हिजो अरुभन्दा फरक र जान्नेलाई छान्ने भन्ने नारा लगाउने रवि धेरै विवादमा परेको मिडियालाई गाली गरेर हो । त्यही भएर अहिले उनी मिडियाप्रति त्यति आक्रोशित देखिएका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend