काठमाडौं– मन्त्रालयको भागवण्डा टुंग्याउन बसेको सत्ता गठबन्धनको बैठकमा मैक र मोहीको खाजा खुवाइएको छ। बुधबार साँझ बसेको गठबन्धनको बैठकमा नेताहरुलाई खाजामा भुटेको मकै र मोही खुवाइएको हो।
बैठकमा सहभागि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमा बालुवाटारको खाजा भन्दै र मोही खाएको तस्बिर सार्वजनिक गरेका छन्।
मकै र मोही खाँदा वाल्यकालको याद ताजा भएको उनको भनाइ छ। तस्बिर सार्वजनिक गर्दै उनले भनेका छन्, ‘बालुवाटारको खाजा! भुटेको मकै र मही! गाउँको वाल्यकालको याद!’ बैठकले मन्त्रालयको भागवण्डा टुंग्याएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।