शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

कांग्रेस नेतृ आरजु देउवा रातारात किन उडिन् दिल्ली ?

कांग्रेस नेतृ आरजु देउवा रातारात किन उडिन् दिल्ली ?

  • मिडिया डबली
  • मंगलवार, चैत्र १४ २०७९

  • 2.8K
    SHARES

  • कांग्रेस नेतृ आरजु देउवा रातारात किन उडिन् दिल्ली ?

    काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवा अचानक भारतको नयाँ दिल्ली पुगेकी छन् ।

    नेपाल एअरलाइन्सको आरए २१७ नम्बर उडानबाट उनी सोमबार साँझ ७ बजे दिल्ली उडेकी हुन् । आरजुसँगै आमा प्रतिभा राणा पनि दिल्ली गएकी छन् । प्रतिभा पूर्वराजदूतसमेत हुन् ।

    मन्त्रीपरिषद् विस्तारमा आरजुको नाम पनि चर्चामा रहेका बेला कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनी दिल्ली जानुको कारण बाहिर आएको छैन । उनी आमालाई लिएर स्वास्थ्य उपचारका लागि दिल्ली पुगेको धुम्बाराही स्रोतले जानकारी दियो ।

    लामो समय जापानमा उपचार गराएर नेपाल फर्केकी आरजुले दिल्लीको एक अस्पतालमा फ्लोअप गर्दै आएकी छन् ।

    यसअघि पनि महिना दुई महिनामा उनी दिल्ली जाने आउने गरिरहेकी थिइन् । नियमित स्वास्थ जाँचका लागि नयाँ दिल्ली गए पनि उनले सो क्रममा राजनीतिक भेटघाट गर्ने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, जेठ २९ २०८००२:३३:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend