आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि चोख्याउने सरकारी अड्डामा पाँच लाख लिँदै तिब्बतीयनलाई नागरिकता दिँदै

रवि चोख्याउने सरकारी अड्डामा पाँच लाख लिँदै तिब्बतीयनलाई नागरिकता दिँदै

  • मिडिया डबली
  • बिहिवार, चैत्र ९ २०७९

  • 1.9K
    SHARES

  • रवि चोख्याउने सरकारी अड्डामा पाँच लाख लिँदै तिब्बतीयनलाई नागरिकता दिँदै

    काठमाडौं- दोहोरो राहदानी कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उन्मुक्ति दिने काममा प्रमुख भूमिका खेलेको जिल्ला प्रशासन कार्यालय काठमाडौं तिब्बतीयनलाई नेपाली नागरिकता दिने काण्डमा फसेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय छन् । उनले नै लामिछानेलाई दोहोरो राहदानी कसुरमा मुद्दा नचलाउन कागजपत्र बनाउन लगाएका थिए ।

    एउटै नागरिकताका कारण सांसद पद खारेज हुने तर दोहोरो राहदानी कसुरमा मुद्दा नचलाउने महान्यायाधिवक्ता दीनमणि पोखरेलले आदेश दिनुमा सिडिओ कार्यालयको कागजपत्रलाई प्रमुख आधार बनाइएको थियो । ४२ दिन गृहमन्त्री बन्दा लामिछानेले सिडिओ उपाध्यायलाई आफ्नो प्रभावमा पारिसकेका थिए । अहिले उपाध्यायकै कमान्डमा चल्ने सिडिओ कार्यालयमा अर्को राष्ट्रद्रोही र देशद्रोही गतिविधि हुने गरेको फेला परेको छ । 

    नेपालमा रहेका सयौं तिब्बती शरणार्थीले पाँच लाख रुपैयाँसम्म तिरेर नागरिकता लिएको रहस्य खुलेको छ । गिरोहलाई पाँच लाख रुपैयाँसम्म दिएर उनीहरुले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट सक्कल नागरिकता लिएका हुन् । प्रहरीले तिब्बती शरणार्थीहरुलाई नेपाली नागरिकता दिलाउने कार्यमा सक्रिय गिरोह पक्राउ गरेपछि मिलेमतोमा सिडिओ कार्यालयबाट सक्कली नागरिकता दिइएको रहस्य खुलेको हो । पाँच जनाको गिरोहले मिलेमतो र कीर्तेमा सयौं तिब्बतीलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खुलेको छ । जसमध्ये ३० वटा शंकास्पद नागरिकतामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सबै नागरिकता नक्कली कागजात खडा गरी बनाइदिने गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले बताएका छन् ।

    प्रहरीका अनुसार नागरिकता बनाइदिने कार्यमा जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटका दुई अधिकृत, एक सुब्बा र एक खरिदारको संलग्नता रहेको छ । प्रहरीले गिरोहमा संलग्न कृष्णबहादुर कटुवाल, न्युल्केस श्रेष्ठ, हिरालाल सिवाकोटी, लोब्साङ र विजय लामालाई पक्राउ गरेको छ । 

    यस्तो धन्दामा संलग्न अभियुक्त पहिचान भइसकेको, तर कानुनी प्रक्रिया पुर्‍याउन बाँकी भएकाले तत्काल पक्राउ नगरिएको एसपी राठौरले बताए । प्रशासन कार्यालयपरिसरमै रहेको क्यान्टिनका सञ्चालकले उनीहरूसँग ‘सेटिङ’ मिलाउने गरेको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले यसमा सिडिओ उपाध्याय पनि तानिन सक्ने अनुमान गरेका छन् ।

    काठमाडौं जिल्ला प्रशासन कार्यालयमा नागरिकता फाँट हेर्न छुट्टै सहायक प्रमुख जिल्ला अधिकारीको व्यवस्था छ । उनको मातहतमा अधिकृत, सुब्बा र खरदार रहने व्यवस्था छ । उनीहरूकै मिलेमतोमा नक्कली कागजात खडा गरी तिब्बती नागरिकको नेपाली नागरिकता बन्ने गरेको प्रहरीको भनाइ छ । काठमाडौंको सहायक सिडिओ देवी पाण्डे खत्री छिन् । उनी हालै मात्र त्यहाँ पुगेकी हुन् । तर उपाध्याय भने लामो समयदेखि सिडिओ छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend