आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

महान्यायाधिवक्ताले रविविरुद्ध मुद्दा नचलाउने निर्णय गरे पनि गर्धनमाथि तरबार कायमै

महान्यायाधिवक्ताले रविविरुद्ध मुद्दा नचलाउने निर्णय गरे पनि गर्धनमाथि तरबार कायमै

  • मिडिया डबली
  • मंगलवार, चैत्र ७ २०७९

  • 2.5K
    SHARES

  • महान्यायाधिवक्ताले रविविरुद्ध मुद्दा नचलाउने निर्णय गरे पनि गर्धनमाथि तरबार कायमै

    काठमाडौं- महान्यायाधिवक्ता कार्यालयले राहदानी दुरुपयोग नभएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राहदानीसम्बन्धी कसुरमा मुद्दा नचलाउने निर्णय गरेको छ । सोमबार महान्यायाधिवक्ता दिनमणि पोखरेलले यस्तो निर्णय गरेका हुन् ।

    प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता कार्यालयले यस्तो निर्णय गरेको हो । यससँगै लामिछानेलाई आगामी वैशाखमा हुने उपनिर्वाचनमा उम्मेदवार बन्न सहज भएको छ । यसअघि जिल्ला सरकारी वकिलको कार्यालयमा नेपाल प्रहरीले अनुसन्धान गरी प्रमाण नपुग्ने प्रतिवेदन बुझाएकोमा उच्च सरकारी वकिल कार्यालयले सदर गरेको थियो ।  

    रास्वपाको १९ मत र केपी ओलीसँग सम्बन्ध छुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको राहदानी दुरुपयोगको मुद्दा सट्टापट्टा गरे। सत्ता अन्धो छ। रवि सिंगै सरकारले जोगाउँदा पनि उनको तुलना महान्यायाधिवक्ताको निर्णयविरुद्व रिट दायर गरेर जेल गएका कांग्रेस नेता मोहम्मद आफ्ताब आलमसँग गरिएको छ। आलमले पनि सोचेका थिए, ‘महान्यायाधिवक्ताले मेरो मुद्दा किनारा लगाइदियो ।’

    तर आज आलम जेलमा कैद छन्। कानुनी राज्यमा सबैले समान न्यायको प्रत्याभूति गर्न पाउनुपर्छ भन्ने भएकाले कुनै दिन पनि रविविरुद्ध मुद्दा ब्यूँतने निश्चित छ । सर्वोच्च अदालतमा केही दिनमै महान्यायाधिवक्ताको निर्णयविरुद्व रिट दर्ता भयो र अनुसन्धानको आदेश दिएमा रवि लामिछाने राहदानी दुरुपयोगमा कसुरदार प्रमाणित भएर जेल जाने सम्भावना पनि उत्तिकै छ ।

    हिजोसम्म प्रचण्डलाई हराउँछु भन्दै चितवन ३ बाट लखेटेका रवि आज उनकै शरणमा परेर तत्काललाई आफूविरुद्ध मुद्दा नचलाउन सफल भएका छन् । तर उनीमाथि प्रचण्डले पाँच वर्षसम्म गर्धनमा तरबार झुन्ड्याइरहने निश्चित छ ।

    संवैधानिक परिषदको पदेन सदस्य रहेको उपसभामुख इन्दिरा राना मगरलाई आफूतिर तान्न पनि प्रचण्डले अहिले रवि बोकेको जगजाहेरै छ । किनभने संवैधानिक परिषदमा एमाले अध्यक्ष केपी ओली बहुमतमा छन् । विपक्षी दलको नेता आफैं, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ओलीकै मान्छे हुन् ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की पनि एमालेकै क्याडर रहेकाले पनि अहिले प्रचण्डले रविलाई फास्ट ट्रयाकमा अनुसन्धान सकेर आफूतिर राखेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend