शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रतिनिधिसभामै देउवाको घोषणा– प्रचण्डलाई भोट हाल्छौं, सरकारमा जान्छौं

प्रतिनिधिसभामै देउवाको घोषणा– प्रचण्डलाई भोट हाल्छौं, सरकारमा जान्छौं

  • मिडिया डबली
  • सोमवार, चैत्र ६ २०७९

  • 2.3K
    SHARES

  • प्रतिनिधिसभामै देउवाको घोषणा– प्रचण्डलाई भोट हाल्छौं, सरकारमा जान्छौं

    काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान रक्षाका लागि पनि गठबन्धनको संस्कृतिलाई आत्मसात् गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले देशमा विकास र शान्तिका लागि गठबन्धन आवश्यक रहेकाले आफूहरू सँगै उभिएको बताए । 

    उनले राजनीतिक स्थायित्वका लागि यसअघि पनि प्रधानमन्त्री प्रचण्डको पक्षमा मतदान गरेको र अहिले पनि उनकै प्रस्तावकै पक्षमा मतदान गर्ने बताए । ‘राजनीतिक स्थिरताका लागि यसअघि पनि पुष्पकमल दाहाल प्रचण्डलाई प्रस्तावको पक्षमा मतदान गरेका थियौं,’ उनले भने, ‘राजनीतिक स्थायित्व र स्थिरताका लागि हामी सँगै उभिएका हौं । सँगै उभिरहने वाचा गर्छौं ।’ देउवाले कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा जाने पनि स्पष्ट पारे । 

    संविधानले सबै लिंग जातिको प्रतिनिधित्व सुनिश्चित गरेकाले पनि गठबन्धनप्रति आफ्नो पार्टी विश्वस्त रहेको उनको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा सरकारलाई विश्वासको मतका लागि आह्वानपछि बोलेका देउवाले भने, ‘हामी गठबन्धनमा जानुको विकल्प छैन ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend