शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

योगेश भट्टराईले ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेको बिर्से, रामचन्द्रले ‘प्रतीक्षा’ भनेको मात्र सुने

योगेश भट्टराईले ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेको बिर्से, रामचन्द्रले ‘प्रतीक्षा’ भनेको मात्र सुने

  • मिडिया डबली
  • बिहिवार, चैत्र २ २०७९

  • 5.6K
    SHARES

  • योगेश भट्टराईले ओलीले शपथ लिँदा ‘त्यो पर्दैन’ भनेको बिर्से, रामचन्द्रले ‘प्रतीक्षा’ भनेको मात्र सुने

    काठमाडौं - एमाले नेता योगेश भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले पुनः शपथ लिनुपर्ने माग गरेका छन् ।

    केही समययता एमालेको राजनीतिमा गुमसुम हुँदै गएका योगेशले बुधबार सानो स्वरमा राष्ट्रपति पौडेलले पुनः शपथ लिनुपर्ने माग गरेका हुन् ।

    पौडेलले शपथ लिँदा सही उच्चारण नगरेको उनको जिकिर छ । प्रतीज्ञा शब्दलाई प्रतीक्षा भनेको स्पष्ट सुनिएकाले राष्ट्रपति पौडेलले पुनः शपथ लिनुपर्ने उनको भनाइ छ । ‘अमेरिकी राष्ट्रपति ओबामाले शपथको बेहोरा सही उच्चारण नगर्दा पुनः शपथ गर्नुपरेको थियो ।

    हाम्रा राष्ट्रपति रामचन्द्र पौडेलले सपथमा प्रतिज्ञा गर्दछु भन्नुपर्नेमा प्रतीक्षा गर्दछु भन्नु भएको स्पस्ट सुनिन्छ । हाम्रा राष्ट्रपतिले पुनः सपथ लिनुपर्छ कि पर्दैन होला ? तपाईंलाई के लाग्छ श्र’ योगेशले सामाजिक सञ्जालमा लेखेका छन् ।

    तर उनको ट्विटमा कसैले चासो दिएको देखिएन । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री केपी ओलीलाई शपथ खुवाउने बेला ओलीले ‘त्यो पर्दैन’ भनेका थिए ।

    यस विषयमा व्यापक आलोचना भयो । तर पनि ओलीले पुनः शपथ लिएनन् । ओलीले ‘त्यो पर्दैन’ भन्दा भण्डारी फिस्स हाँसेकी थिइन् ।

    योगेशले त्यसबेला ओलीको शपथ बिर्से जस्तो छ । पौडेलले बोलेको शब्दबारे कसैले चासो नदिए पनि चासो दिनपछि भट्टराईले सानो स्वरमा कुरा उठाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २५ २०७९०५:०२:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend