शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

योगेश भट्टराईले संसदमै गरे प्रधानमन्त्रीको अपमान

योगेश भट्टराईले संसदमै गरे प्रधानमन्त्रीको अपमान

  • मिडिया डबली
  • बुधवार, जेठ २५ २०७९

  • 7.6K
    SHARES

  • योगेश भट्टराईले संसदमै गरे प्रधानमन्त्रीको अपमान

    काठमाडौं - एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको मानमर्दन गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिने क्रममा उनले देउवालाई लक्षित गर्दै हेलोहोचो गरे ।

    उनले देउवाको नामै नलिइकन भने, ‘‘हामीलाई र्‍याल सिगान काढ्ने र कुर्सीमा बस्ने प्रधानमन्त्री चाहिएको होइन । काम गर्ने प्रधानमन्त्री चाहिएको हो। सबै राजनीतिक दल यो विषयमा एकमत होऔं।’

    जेठ २ गते लुम्बिनीमा आयोजित एक कार्यक्रममा देउवाको र्‍याल चुहिएको भिडियो सार्वजनिक भएको थियो । त्यसैलाई आधार बनाएर अहिले एमालेजनले देउवालाई र्‍याल काढ्ने प्रधानमन्त्री भनेर कटाक्ष गरिरहेका छन् ।

    संसदमा सम्बोधन गर्ने क्रममा योगेशले ७० वर्ष नाघेका नेतालाई प्रधानमन्त्री बनाउन नपाउने कानुनी व्यवस्था गरौं भनेका थिए । ‘केही विषयमा संविधान संशोधन गर्नुपर्ने हुन्छ। हामीले ५८ वर्षमा अवकाश प्रणाली राखेका छौं। तर राजनीतिक क्षेत्रमा यो अनियन्त्रित छ,’ उनले भने, ‘७० वर्ष नाघेका मानिसहरू राज्यका कुनै पनि चुनावमा उठ्न नपाउने व्यवस्था किन नगर्ने ?’ योगेशकै पार्टी एमाले अध्यक्ष केपी ओली पनि ७० वर्ष पुगिसकेका छन् ।

    यदि ७० वर्षे उमेरहद राखे ओली पनि चुनावमा उठ्नबाट वञ्चित हुनेछन् । योगेश तिनै नेता हुन् जो सार्वजनिक जग्गा मास्ने, वन मास्ने, मन्दिर मास्ने, कोरोना नेपालमा भित्रिन सक्दैन, यो फगत हल्ला हो भन्ने, सूर्य चिन्ह नभए चुनाव जित्न सकिँदैन भन्ने गर्थे ।

    अस्ट्रेलियामा आगलागीले जंगल सखाप हुँदा योगेशले त्यहाँ पुगेर नेपाल भ्रमण सफल पारौं भनेर जुलुस नै निकालेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २ २०७९०१:२७:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend