आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

वैशाख १० गते चितवन २ मा हुने भनिएको उपनिर्वाचन सर्ने, के गर्लान् रवि ?

वैशाख १० गते चितवन २ मा हुने भनिएको उपनिर्वाचन सर्ने, के गर्लान् रवि ?

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ३० २०७९

  • 3.5K
    SHARES

  • वैशाख १० गते चितवन २ मा हुने भनिएको उपनिर्वाचन सर्ने, के गर्लान् रवि ?

    काठमाडौं - निर्वाचन आयोगले वैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुने मिति तोकेको छ ।

    तर, आयोगले तोकेको मितिमा त्यहाँ निर्वाचन नहुने सम्भावना बढ्दै गएको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि रिक्त हुने निर्वाचन क्षेत्रमा समेत एकैचोटि निर्वाचन गर्ने गरी आयोगले चितवन २ बारे चाँडै नयाँ सूचना जारी गर्ने तयारी गरेको स्रोतले बताएको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पुराना नेपाली नागरिकता रद्द गर्दै सर्वोच्च अदालतले उनको सांसद पद पनि खारेज गरेपछि चितवन २ मा सांसद पद खाली भएको थियो ।

    आयोगले रिक्त स्थानमा वैशाख १० गते निर्वाचन गर्ने निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ । लामिछानेले नयाँ नागरिकता लिए पनि मतदाता नामावलीमा पुरानै नागरिकताबाट नाम समावेश गराएकाले उनले पुनः मतदाता नामावलीमा नाम सच्याउनुपर्ने हुन्छ ।

    तर आयोगले मतदाता नामावली सच्याउन सूचना ननिकालेकाले रवि लामिछानेलाई उम्मेदवार बन्न समस्या हुने देखिएको छ । प्रतिनिधिसभाको उम्मेदवार बन्न मतदाता नामावलीमा नाम हुनै पर्ने बाध्यकारी व्यवस्था छ । अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सांसदबाट राजीनामा दिएका कारण तनहुँ २ मा पनि सांसद पद रिक्त हुन लागेको छ ।

    राष्ट्रपति पौडेलले सोमबार सांसद पदबाट राजीनामा दिएका थिए । पौडेलले संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका हुन् थियो । सभामुख देवराज घिमिरेलाई सम्बोधन गरेर लेख्नुभएको राजीनामा सोमबार नै संसदमा दर्ता भएको छ ।

    राष्ट्रपतिमा निर्वाचित व्यक्ति कुनै पनि राजनीतिक दलसँग आवद्ध हुन नपाइने संवैधानिक व्यवस्थाबमोजिम उनले सांसद पदबाट राजीनामा दिएका हुन् । विदेश भ्रमणबाट फर्केलगत्तै सभामुख घिमिरेले तनहुँ २ मा सांसद पद रिक्त रहेको निर्वाचन आयोगलाई पत्र पठाउने छन् ।

    त्यसपछि आयोगले त्यहाँ पनि उपनिर्वाचन गराउने छ । यस्तै, चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । झा र शाक्य सांसद छैनन् ।

    यादव भने बारा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । आठदलीय गठबन्धनको साझा उम्मेदवार भएकाले यादव उपराष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बढी छ ।

    यदि यादव उपराष्ट्रपतिमा निर्वाचित भएमा बारा २ मा पनि सांसद पद रिक्त हुनेछ । त्यहाँ पनि उपनिर्वाचन गराउनुपर्ने भएकाले निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा एकैपटक उपचुनाव गर्ने गरी कार्यतालिका संशोधित गर्ने तयारी गरेको विश्वस्त सूत्रले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend