शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

नवनिर्वाचित राष्ट्रपति पौडेललाई देउवाले दिए बधाई 

नवनिर्वाचित राष्ट्रपति पौडेललाई देउवाले दिए बधाई 

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २५ २०७९

  • 5.2K
    SHARES

  • नवनिर्वाचित राष्ट्रपति पौडेललाई देउवाले दिए बधाई 

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन्। 

    निर्वाचन परिणामलगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् पौडेललाई बधाई दिएका हुन्। 

    ‘राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई,’ सभापति देउवाले फेसबुकमा लेखेका छन्। 

    पौडेल ३३ हजार ८०२ मतभार ल्याएर राष्ट्रपतिमा निर्वाचित भएका हुन्। पौडेलले नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गरेका हुन्। 

    पौडेललाई राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहित १० दलको समर्थन थियो। 


    उनका प्रतिस्पर्धी नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे। नेम्वाङलाई एमालेको मात्रै मत खसेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend