काठमाडौं– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय लिन बैठक बोलाएको छ । आचार संहिता लागू भएकाले रास्वपाले अहिलेसम्म निर्णय लिन सकेको थिएन । राष्ट्रपतिको निर्वाचनमा कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने बारेमा औपचारिक तथा आधिकारीक निर्णय गरिनसकेको राष्टिय स्वतन्त्र पार्टीले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने संकेत गरेको छ ।
रास्वपाका नेता तथा सांसद मनिष झाले पौडेललाई समर्थन गर्ने संकेत गरेका हुन् । नेता झाले संसद विघटन गर्दा पूर्व सभामुखका रुपमा सुवासचन्द्र नेम्वाडसँग जुन अपेक्षा गरिएको थियो, त्यो भूमिका उनले निर्वाह गर्न नसकेकाले राष्ट«पति हुँदा पनि अपेक्षित भूमिका निर्वाह गर्न सक्ने आधार नदेखिएको बताएका छन् ।
बिहीबार बिहान नेपाली रेडियो नेटवर्कमा अन्तर्वार्तामा उनले भने, ‘अहिले निर्वाचन आचार संहिता लागेको र पार्टीले औपचारिक निर्णय गर्न बाँकी रहेकाले मैले सार्वजनिक संचार माध्यममा अहिले भन्न मिल्दैन, तर मेरो संकेत बुझ्नु होला ।’
नेता झाले रास्वपा नयाँ गठवन्धनमा सँगै रहने संकेत पनि संकेत गरे । अघिल्ला केही निर्णयहरुमा एमालेतिर झुकाव देखाएको रास्वपाले अहिले भने एमालेभन्दा टाढा रहने निर्णयहरु गरेको छ । ‘नयाँ गठवन्धनमा पनि रास्वपा तेस्रो ठूलो शक्ति हुने भएकाले हामी सरकारमा जाने सम्भावना पनि छ । कुराकानी भइरहेको छ, तर आधिकारीक तथा औपचारिक निर्णय भने हुन बाँकी छ,’ उनले भने ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।