आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रवि लामिछाने पत्नी निकिताले ‘नारी टिभी’ खोल्ने, सबै कर्मचारी महिला

रवि लामिछाने पत्नी निकिताले ‘नारी टिभी’ खोल्ने, सबै कर्मचारी महिला

  • मिडिया डबली
  • बुधवार, फाल्गुण २४ २०७९

  • 1.5K
    SHARES

  • रवि लामिछाने पत्नी निकिताले ‘नारी टिभी’ खोल्ने, सबै कर्मचारी महिला

    काठमाडौं- रवि लामिछाने पत्नी निकिता पौडेलले ‘नारी टिभी’ खोल्ने भएकी छन् । १३३औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर उनले यो घोषणा गरेकी हुन् ।

    गोपीकृष्ण सिनेमा हलकी सञ्चालक निकिताले हाल सञ्चालनमा आइरहेको ‘टिभी फिल्मी’ को नाम परिवर्तन गरेर ‘नारी टिभी’ राख्ने उनले बताइन् । उनले आफ्नो टिभीलाई नारीहरूप्रति समर्पित गर्ने पनि बताइन् । ‘टिभी फिल्मी’ अब छिट्टै ‘नारी टिभी’ बनेर आउनेछ। आज नारी दिवसका दिनमा यो घोषणा गर्न पाउँदा मलाई हर्ष र गर्व लागेको छ,’ निकिताले भनिन् । नारी टिभी च्यानलका कर्मचारी, प्राविधिक, प्रस्तोताका रूपमा  नारीहरुलाई नै प्राथमिकतामा राखिने उनको भनाइ छ ।

    ‘नारी टिभीमा प्रस्तुत हुने कार्यक्रम, विषय, मुद्दाहरु अधिकांश नारीहरु मै केन्द्रित रहने छन्। महिलाका मुद्दा, महिला सशक्तीकरण, साना तथा घरेलु महिला उध्यमीलाई सघाउने, महिला हिंसाका विरुद्ध खडा हुने, छोरीहरूलाई सबल सक्षम बनाउने र सबल सक्षम छोरीहरुका प्रेरणादायी कथाहरु देखाउनेलगायतका कार्यक्रम यस च्यानलमा प्रशारण गरिने छन्,’ उनले भनिन् ।

    ‘टिभी फिल्मी’ १४ वर्षअघि सञ्चालनमा आएको थियो । जसले नेपाली सिनेमाका गतिविधि मात्रै समेट्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend