काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । सर्वोच्च अदालतले नागरिकताको प्रमाणपत्र नभएको व्यक्तिलाई दल खोल्ने र संसदीय निर्वाचनमा उम्मेदवार हुने अधिकार नहुने स्पष्ट पारेको छ । सर्वोच्चले नेपालको संविधान र कानुनले नागरिकता लिएका व्यक्तिलाई मात्र दल खोल्ने स्वतन्त्रता दिएको बताएको हो ।
‘यसको तात्पर्य नेपालको शासकीय हैसियत प्राप्त गर्न नेपाली माटो, नेपाली कानुन र नेपाली राष्ट्रियताप्रति विधवत् समर्पित रहेको हुनुपर्छ भन्ने पनि हो,’ फैसलामा भनिएको छ । नागरिकता लिने प्रक्रिया पूरा नगरेकाले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नसमेत योग्यता नपुगेको ठहर गर्दै सर्वोच्चको आदेशमा भनिएको छ, ‘यस अवस्थाका व्यक्तिलाई नेपालको संविधानको धारा ८७/१० तथा प्रतिनिधिसधा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ को प्रयोजनका लागि उम्मदेवार बन्न योग्यता पुगेको मान्न मिलेन ।’
सर्वोच्चले रविविरुद्ध दोहोरो राहदानी कसुरमा मुद्दा चल्ने बाटो खोलिदिएको छ । उसले सरकारी निकायले राहदानी प्रकरणमा छानबिन गरिरहेकाले यस विषयमा केही बोल्नु नपर्ने भन्दै सम्बन्धित कार्यालयले कानुनअनुसार निर्णय गर्ने उल्लेख गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।