आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सुदुरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादीको निर्णय

सुदुरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादीको निर्णय

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २१ २०७९

  • 2.1K
    SHARES

  • सुदुरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिने माओवादीको निर्णय

    धनगढी– नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने र सत्ता पक्षको बेन्चमा बस्ने निर्णय गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले शाहलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

    मुख्यमन्त्री शाहले आज दिउँसो १ बजेको संसद बैठकमा विश्वासको मत लिंदैछन् । शनिबार बसेको माओवादी संसदीय दलको बैठकले आलोपालो सरकारको नेतृत्व र मन्त्रालय बाँडफाँटमा ठोस सहमति नभएको भन्दै विश्वासको मत नदिने निर्णय गरेको थियो ।

    तर माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका नेता खगराज भट्टलाई अहिलेको आठ दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन निर्देशन दिएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०८:३३:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend