काठमाडौं - एमाले नेता खगराज अधिकारी अध्यक्ष केपी ओलीका भित्रिया हुन् ।
गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङको विकल्पमा ओलीले खगराजलाई तयार पारेका हुन् । यदि रवीन्द्र अधिकारीको अल्पायुमा निधन नभएका भए गण्डकीमा उनी नै एमालेका शीर्ष नेतामा पर्थे ।
तर अहिले गण्डकीमा पृथ्वीसुब्बा र खगराजबीच को बलियो भन्ने प्रतिस्पर्धा छ । पाँच वर्षअघि केपी ओलीले पृथ्वीसुब्बालाई प्रदेशमा झारिदिए । उनी साढे तीन वर्ष मुख्यमन्त्री बने । खगराजलाई भने संघमा जिताएर ओलीले गृहमन्त्री बनाए ।
तर, खगराजको अभागी खप्पर । १३ दिनमै गृहमन्त्रीबाट चैट भए । मंसिरको निर्वाचनमा ओलीले पृथ्वीसुब्बालाई संघमा टिकट दिए । खगराजलाई भने प्रदेशमा टिकट दिए । खगराज अहिले गण्डकीका मुख्यमन्त्री बनेका छन् ।
उनी मुख्यमन्त्री बनेको दुई महिना बितेको छ । तर केन्द्रको समीकरणका कारण उनले निकट भविष्यमै पद गुमाउँदै छन् । गण्डकीमा नेपाली कांग्रेसको २७ सिट छ । तर, २२ सिटे एमालेले माओवादीसँग मिलेर सरकार बनाएको थियो ।
अहिले माओवादी कांग्रेससँग गठबन्धन गर्न आइपुगेकाले खगराजको पद चाँडै गुम्ने भएको हो । एमालेमा ओलीको आशीर्वाद प्राप्त नेताको पहिचान बनाए पनि भाग्यकै कारण उनले लामो समय राज्यसत्ताको उपभोग गर्न पाएका छैनन् ।
खगराज धेरैअघि ओली प्रधानमन्त्री बनेकै बेला स्वास्थ्यमन्त्रीसमेत बनेका थिए । तर त्यसबेला उनले नौ महिनामै मन्त्री पद गुमाएका थिए । त्यसैले राजनीतिमा स्थिर नेता भएनन् भने, समयमा निर्णय गर्न सकिएन भने, बदलाको भाव नराख्ने हो भने मात्रै टिकाउ हुन्छ भन्ने देखिएको छ ।
ओलीको आशीर्वादकै कारण एमालेमा स्थायी कमिटी सदस्य बनेका खगराजको नियतिबारे अहिले पार्टीमा निकै चर्चा हुने गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।