शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
आजको विशेष

नबोलेरै काम फत्ते गर्ने देउवामा सबैको आँखा, सम्भावित मन्त्रीको लिस्ट तयार पार्दै

नबोलेरै काम फत्ते गर्ने देउवामा सबैको आँखा, सम्भावित मन्त्रीको लिस्ट तयार पार्दै

  • मिडिया डबली
  • बुधवार, फाल्गुण १७ २०७९

  • 10.6K
    SHARES

  • नबोलेरै काम फत्ते गर्ने देउवामा सबैको आँखा, सम्भावित मन्त्रीको लिस्ट तयार पार्दै

    काठमाडौं - एमाले गठबन्धन टुटाएपछि अब के गर्ने भन्ने मुख्य दायित्व नेपाली कांग्रेसमा आएको छ ।

    एमाले जस्तो सशक्त संगठनलाई प्रधानमन्त्री प्रचण्ड एक्लैले तह लगाउन सक्ने अवस्था छैन । त्यसैले अहिले सरकारमा सहभागी नभए पनि सबैको नजर कांग्रेसले के गर्छ भन्नेतिर गएको छ ।

    नबोलीकन राजनीतिक कोर्स करेक्सन गरेका कांग्रेस सभापति शेरबहादुर देउवाले अब कस्तो स्टेप चाल्लान् भन्नेमा सबैको चासो छ । देउवा राष्ट्रपति निर्वाचनसम्म मौन बस्ने संकेत देखिएको छ ।

    त्यसपछि पार्टी र गठबन्धनका दलसँग एउटा समझदारी बनाइसकेपछि देउवाले एकैपटक केन्द्र र प्रदेश सरकार परिवर्तन गराउने गरी छलफल थाल्ने कांग्रेस नेताहरू बताउँछन् ।

    प्रचण्ड नेतृत्व सरकार बनेको दुई महिनामा कांग्रेस सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जे जसरी भूमिका खेले त्यसबाट आगामी दिनमा पनि कांग्रेसले सुझबुझ ढंगले राजनीति अघि बढाउने सबैको अपेक्षा छ ।

    सबैभन्दा पहिले देशको बिग्रेको अर्थतन्त्रलाई सही ट्रयाकमा ल्याउनुपर्नेमा कांग्रेसले विशेष भूमिका खेल्नुपर्ने र त्यसलाई नेतृत्व दिन सक्ने व्यक्तिलाई सरकारमा सहभागी गराउनुपर्ने आवाज उठेको छ ।

    त्यसैले अहिले कांग्रेसले अर्थमन्त्री लिएर पहिले देशको बिग्रेको अर्थतन्त्रलाई सम्हाल्न सबैले सुझाव दिएका छन् । मंसिरको निर्वाचनपछि पुस १० गते नेपालको राजनीति एकैपटक अर्कै दिशाबाट अघि बढ्यो ।

    पाँचदलीय गठबन्धन टुटेर एकाएक नयाँ उदय भएका पार्टीको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने । नयाँ गठबन्धन बनाउन एमाले अध्यक्ष केपी ओलीको मुख्य भूमिका खेलेका थिए ।

    वाम तालमेलपछि नेकपाकालीन सम्बन्धमा देखिएको तिक्तता त्यागेर प्रचण्ड र ओली एक ठाउँमा उभिन आइपुगेका थिए । तर दुवैबीच हार्दिक सम्बन्ध थिएन । अविश्वास कायमै थियो । यस्तै अविश्वासबाट सरकार गठन भएर अघि बढ्दै थियो ।

    तर जब पुस २६ गते प्रधानमन्त्रीलाई नेपाली कांग्रेसले विश्वासको मत दियो, एकाएक नेपालको राजनीति अलग ढंगबाट हिँड्न थाल्यो । ओलीको निरंकुश शैलीबाट आजित भएका प्रचण्डले ठूलै राहतको सास फेरे ।

    त्यसपछिको डेढ महिना ओली र प्रचण्डबीच भेटघाटको शृंखला चलिरह्यो । राष्ट्रपति एमालेले पाउनुपर्ने एउटै मुद्दामा ओली र प्रचण्डबीच २४ पटक भेटघाट भयो । तर कुनै निकास निस्केन ।

    जब माओवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय लियो, तब दुई महिनाअघि बनेको गठबन्धन गल्र्यामगुर्लुम ढल्यो । राष्ट्रपतिको उम्मेदवारी मनोनयन भएको भोलिपल्टै केपी ओलीले प्रधानमन्त्री प्रचण्डमाथि मानमर्दन हुने गरी अशिष्ट भाषा प्रयोग गरेपछि दुईबीच भेटघाट र बोलचाल मात्र टुटेको छैन, एमालेले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन पुग्यो ।

    र, सरकारबाट बाहिरियो । दुई महिनाअघि बनेको सातदलीय गठबन्धन भताभुंग मात्र भएको छैन, त्यसको असर केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म पर्ने भएको छ । एमाले केन्द्र सरकारबाट बाहिरिए पनि प्रदेशमा भने गठबन्धन नै छ ।

    माओवादीले समर्थन फिर्ता लिएको दिन एमालेका सबै मुख्यमन्त्रीको पद गुम्नेछ । अहिले प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार छ । बागमती प्रदेश र कर्णालीमा माओवादी नेतृत्वको सरकार छ ।

    तर एमाले सरकारबाट बाहिरिएको छैन । यी दुई प्रदेशमा सरकारबाट बाहिरिएमा तीनवटा प्रदेशमा आफ्नो सरकार ढल्ने चिन्ता एमालेमा देखिएको छ । अबको केही समयसम्म प्रचण्ड र ओलीबीच हार्दिक सम्बन्ध देखिनेवाला छैन ।

    संवैधानिक परिषदमा ओली बलिया देखिएका छन् । प्रधानमन्त्री प्रचण्ड अल्पमतमा छन् । त्यसैले पनि ओलीले प्रचण्डलाई संवैधानिक अंगमा हुने नियुक्तिमा कक्रक्क पार्ने सम्भावना छ । त्यसलाई बिग्रिन नदिन पनि कांग्रेसको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend