काठमाडौं - प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहानदेखि बसेको चार दलको बैठक लम्बिएको छ ।
बिहान साढे ८ बजेदेखि सुरु भएको नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको बैठक अहिलेसम्म पनि जारी छ ।
बैठकमा कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जसपाबाट उपेन्द्र यादव, एकीकृत समाजवादीबाट माधवकुमार नेपाललगायत सहभागी छन् । बैठकमा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।
चार घन्टादेखि बैठक जारी रहेकाले पुरानै पाँचदलीय गठबन्धन ब्यूँतिने हो कि भन्ने अनुमान गर्न थालिएको छ । तर राष्ट्रपतिमा साझा सहमति खोज्न बैठक लम्बिएको बालुवाटार स्रोतले बताएको छ । यदि पाँचदलीय गठबन्धन ब्यूँतिएमा त्यसमा जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि थपिने बुझिएको छ ।
स्रोतका अनुसार बैठकमा कांग्रेस सभापति देउवाले राष्ट्रपतिमा आफ्नो पार्टीले उठाउने उम्मेदवारलाई समर्थन गर्न प्रस्ताव गरेका थिए । संसदको सबैभन्दा ठूलो दल पनि भएको र संविधान र लोकतन्त्रको रक्षाका निम्ति पनि आफ्नो दलको राष्ट्रपति भएमा सबैले विश्वास गर्न सक्ने भनाइ राखेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।