शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

भोलि नै आमनिर्वाचनको मिति घोषणाको गृहकार्यमा बालुवाटार

भोलि नै आमनिर्वाचनको मिति घोषणाको गृहकार्यमा बालुवाटार

  • मिडिया डबली
  • मंगलवार, श्रावण ३ २०७९

  • 9.4K
    SHARES

  • भोलि नै आमनिर्वाचनको मिति घोषणाको गृहकार्यमा बालुवाटार

    काठमाडौं - केही दिनअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले साउन ४ गते आमनिर्वाचनको मिति घोषणा हुने बताएका थिए ।

    ललितपुरमा आयोजित कांग्रेस प्रशिक्षण भेलामा उनले साउन ४ गते निर्वाचनको मिति घोषणा हुने भएकाले अहिलेदेखि नै निर्वाचनको अभियानमा लाग्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिएका थिए । सरकारले मंसिरको पहिलो साता निर्वाचन गर्ने तयारी गरेको छ ।

    यस आधारमा पनि निर्वाचनको मिति घोषणा भएको एक सय २० दिन तयारीका लागि समय चाहिने निर्वाचन आयोगको भनाइ छ । सोही कारण सरकारले बुधबार नै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणाको गृहकार्य गरेको छ ।

    चुनावको मिति सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना ज्योतिषीसँग राय लिइसकेका छन् । निर्वाचन आयोगले प्रस्ताव गरेकै आसपासमा चुनावको मिति तोक्ने सरकारको तयारी छ ।

    असार २२ गते निर्वाचन आयोगले प्रधानमन्त्री देउवासँग बालुवाटारमा भेट गरेर मंसिर २ गते चुनाव गर्न प्रस्ताव गरेको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार एकै चरणमा चुनाव गर्न आयोगले प्रस्ताव गरेको छ ।

    सरकार भने मंसिर ४ गते चुनाव गर्नेगरी मिति घोषणाको गृहकार्यमा जुटेको स्रोतले बतायो । ज्योतिष सुरेशचन्द्र रिजालले मंसिर ४ गते चुनावका लागि उपयुक्त रहेको यसअघि नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेका छन् ।

    राजनीतिक नियुक्ति, सरूवा र केही संसदीय प्रक्रियाको काम सम्पन्न गरेर मात्रै निर्वाचनको मिति घोषणा गर्ने मनस्थितिमा प्रधानमन्त्री देउवा छन् ।

    मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्ने प्रचलन भएकाले एक दिन अगाडि बुधबार नै मन्त्रिपरिषदको बैठक राखेर निर्वाचन मिति घोषणा हुन सक्ने बालुवाटार स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १२ २०७९१२:२२:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend