शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images
राजनीतिक बिशेष

बालुवाटारमा बिहानैदेखि नेताहरूको जमघट, राष्ट्रपतिमा घमासान

बालुवाटारमा बिहानैदेखि नेताहरूको जमघट, राष्ट्रपतिमा घमासान

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण १२ २०७९

  • 2.3K
    SHARES

  • बालुवाटारमा बिहानैदेखि नेताहरूको जमघट, राष्ट्रपतिमा घमासान

    काठमाडौं - राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने अघिल्लो दिन शुक्रबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विभिन्न दलका नेताहरू द्विपक्षीय र बहुपक्षीय भेटवार्तामा जुटेका छन् ।

    चुनावअघिको गठबन्धनका शीर्ष नेताहरूको बैठक सुरु हुनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईबीच छलफल भएको थियो ।

    तीन नेताको छलफल सकिएलगत्तै चार दलको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी छन् ।

    कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री नेता गगन थापा तथा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि बैठकमा सहभागी छन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न भन्दै शुक्रबार बिहान चार दलसँग छलफल गरेका हुन् ।

    चार दलसँगको छलफलपछि प्रचण्डले एमाले अध्यक्ष केपी ओलीसँग पनि फाइनल कुराकानी भएका छन् । एमालेले राष्ट्रपतिमा आफ्नो दललाई समर्थन गर्ने पूर्वसहमति स्मरण गराएको छ । तर प्रधानमन्त्री प्रचण्ड एमालेलाई राष्ट्रपति दिन तयार छैनन् ।

    त्यही भएर अहिले एकीकृत समाजवादीका अध्यक्ष नेपालको नाम अघि सारिएको हो । एमाले अध्यक्ष ओलीले आफ्नो दलले राष्ट्रपति नपाए एकीकृत समाजवादीलाई एकीकरण गर्ने सर्तमा माधव नेपाललाई राष्ट्रपति बनाउन प्रचण्डसँग प्रस्ताव गरेका छन् ।

    तर माधव नेपाललाई राष्ट्रपति दिएर आफ्नै खुट्टामा बन्चरो हान्न प्रचण्ड तयार छैनन् । नेपाली कांग्रेसले राष्ट्रपतिमा आफ्नो दललाई सघाउनुपर्ने भन्दै प्रचण्डसँग प्रस्ताव गरेको छ ।

    प्रधानमन्त्रीले पनि कांग्रेसलाई राष्ट्रपतिमा सघाउने बचन दिएका छन् । तर ठोस सहमति भइसकेको छैन । कांग्रेसमा सभापति देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला राष्ट्रपतिका लागि चर्चामा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण १२ २०७९१२:२२:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend