काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेपछि कांग्रेस नेताहरु छलफलमा जुटेका छन्।
प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्री मागेका थिए। तर प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकाल प्रधानमन्त्री दिन नसक्ने बताएका थिए।
बालुवाटार बैठकमा सहमति जुट्न नसकेपछि प्रचण्ड बालकोट पुगेका थिए। प्रचण्ड बालकोट पुगेपछि कांग्रेसका शीर्ष नेता भने छलफलमा जुटेका छन्।
छलफलमा देउवा सहित उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेताहरु छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।