काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहदुर देउवा बालुवाटार पुगेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितसँगको बैठकपछि देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् ।
बालुवाटामा आसन्न राष्ट्रपति चुनाव र पुरानो सत्ता गठबन्धन ब्युँताउने विषयमा छलफल हुने नेताहरू बताउँछन् ।
प्रधानमन्त्री आफैँले लिने देउवाको अडान पछि पुस १० मा पुष्पकमल दाहाल ुप्रचण्डु एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुगेर त्यसै दिन प्रधानमन्त्री नियुक्त भएका थिए । तर, त्यसको केही दिनदेखि नै कांग्रेस–माअोवादी वार्ता सुरु भएपछि कांग्रेसले पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो ।
त्यसयता निरन्तर वार्तामा रहेका यी दल अहिले पुरानो गठबन्धन ब्युँताउने पहलमा लागेका छन् । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बुधबारको पार्टी सचिवालय बैठकमा पुरानो गठबन्धन ब्युँताउने र ओली बाहेककै गठबन्धनलाई निरन्तार दिनेगरी पहल गर्ने बताएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।