आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा सरकारले विकास निर्माणमा देखायो यस्तो तदारुकता, निजगढमा खुसियाली 

देउवा सरकारले विकास निर्माणमा देखायो यस्तो तदारुकता, निजगढमा खुसियाली 

  • मिडिया डबली
  • शनिवार, आषाढ १८ २०७९

  • 3.8K
    SHARES

  • देउवा सरकारले विकास निर्माणमा देखायो यस्तो तदारुकता, निजगढमा खुसियाली 

    बारा । सर्वोच्च अदालतले गत असार १५ गते जैविक विविधताको न्यूनतम क्षति हुने गरी सरकारले विमानस्थल निर्माण गर्न सक्ने फैसला गरेपछि शनिवार प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलीय गठबन्धनका नेताहरूले पहिलो पटक निर्माण क्षेत्रको अवलोकन गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताद्वारा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण क्षेत्र टाँगिया बस्तिको निरीक्षण गरेका हुन् ।

    शनिबार बिहान करिब १०ः३० मा प्रधानमन्त्री देउवासहित नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी  पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायतको टोलीले टाँगिया बस्तिको निरीक्षण गरेको हो। 

    टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, वन तथा वातावरण मन्त्री रामसहाय यादव, खानेपानी मन्त्री उमाकान्त चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ पनि सहभागी रहेका थिए ।

    नेपाली सेनाको हेलिकोप्टरमार्फत निजगढ आएका प्रधानमन्त्री देउवासहितको टोलीले करिब २० मिनेटसम्म टाँगिया बस्थितको हवाई निरीक्षण गरेको थियो । निरीक्षणको क्रममा टोलीले टाँगिया बस्ती, काटँघाट बस्ती र आसपासको वन क्षेत्रको पनि निरीक्षण गरेको थियो। 

    प्रधानमन्त्री देउवाले गठबन्धन सरकार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिबद्ध रहेको बताए । उनले सर्वोच्च अदालतको पूर्णपाठमा निजगढ विमानस्थल निर्माण नगर्नु नभनेकोले निजगढमा नै विमानस्थल बनाइने बताए ।

    विमानस्थल र फास्टट्याक एकअर्काका परिपूरक आयोजना भएकोले पनि विमानस्थल निर्माण गरिनु पर्ने उनको भनाइ थियो । ‘हामीले फास्टट्याक किन बनाएको?,’ उनले भने, ‘एयरपोर्टको लागि बनाएको हो । एयरपोर्टमा आउने र जाने मानिसहरूलाई काठमाडौं लैजान र ल्याउन फास्टट्याक निर्माण गरिएको हो। ुएयरपोर्ट बनेन भने फास्टट्याकको समेत काम छैन ।’ 

    प्रधानमन्त्री देउवाले देशमा ४ लेन धावनमार्गको विमानस्थल आवश्यक रहेको भएता पनि तत्कालको लागि निजगढमा २ लेन धावनमार्गसहितको विमानस्थल बनाइने बताए । 

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निजगढमा विमानस्थल निर्माण गर्ने विषयको सम्बन्ध फास्टट्याकसँग पनि भएको बताए । ‘निजगढ विमानस्थल निर्माण हुन सकेन भने अर्वौं लगानी गरेर फास्टट्यक निर्माण गर्नुको औचित्य छैन,’ उनले भने, ‘फास्टट्यकको डिपिआर बनाउँदा नै निजगढ विमानस्थलको आवश्यकतालाई अध्ययन गरेर तयार पारिएको हो ।’ 

    पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सर्वोच्च अदालतको फैसलामा देशमा सुविधा सम्पन्न विमानस्थल निर्माण गर्न जरुरी रहेको ठहर गरिएको बताए। उनले अदालतको पूर्णपाठमा कस्तो र कतिवटा विमानस्थल निर्माण गर्ने भन्ने कुराको निर्क्यौंल गर्ने जिम्मा कार्यपालिकालाई दिएको भन्दै अब सरकारले निर्णय गरेर निजगढ विमानस्थल निर्माण गर्नुपर्ने बताए । 

    ‘सर्वोच्च अदालतको पूर्णपाठमा वातावरणीय क्षति कम होस भन्नेमात्रै आशय देखिएको छ,’ नेता नेपालले भने, ‘अदालतको फैसलालाई ध्यानमा राखेर वन जंगलको कमभन्दा कम क्षति हुने गरी निजगढमा नै विमानस्थल बनाउनुपर्छ ।’ 

    गठबन्धनका अर्का नेता उपेन्द्र यादवले राष्ट्रिय आवश्यकता पूरा गर्नकै लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल अत्यावश्यक भएको हुँदा गफ मात्रै नगरेर काम अगाडि बढाउनु पर्ने बताए । उनले विमानस्थल निर्माण क्षेत्रमा पर्ने वस्तिहरूको व्यवस्थित स्थानान्तरणमा ध्यान दिनुपर्ने कुरा बताए । 

    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्षले दुर्गा पौडेलले निजगढ विमानस्थल निर्माण गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिइसकेको बताउँदै आवश्यक कानुनी र अन्य प्रक्रिया पुरा गरेर चाडै विमानस्थल निर्माण कार्य सुरु गर्नुपर्ने बताइन् । 

    प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताले निजगढमा गठबन्धन सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न प्रतिबद्ध रहेको हुँदा अब यस ठाउँमा विमानस्थल बन्ने सुनिश्चित भएको निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले बताए ।

    निजगढका स्थानीयले सर्वोच्चको यसअघिको फैसलापछि निजगढमा नै विमानस्थल निर्माण गरिनु पर्ने भन्दै पूर्वपश्चिम लोकमार्गमा गर्दै आएको रिले अनशन बिहीबारबाट अन्त्य भएको छ । विमानस्थल निर्माण सम्बन्धमा सर्वोच्च अदालतले बुधवार सार्वजनिक गरेको पूर्णपाठलाई सकारात्मक भन्दै समितिले २४ दिनअघि देखि गर्दै आएको रिले अनशन अन्त्य गर्ने निर्णय गरेको हो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १३ २०७९०८:५१:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend