आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रियसभामा पनि देखायो देउवा सरकारले पावर, एमाले हेरेको हेर्यै 

राष्ट्रियसभामा पनि देखायो देउवा सरकारले पावर, एमाले हेरेको हेर्यै 

  • मिडिया डबली
  • सोमवार, आषाढ १३ २०७९

  • 9.7K
    SHARES

  • राष्ट्रियसभामा पनि देखायो देउवा सरकारले पावर, एमाले हेरेको हेर्यै 

    काठमाडौं । संघीय संसद्‌को राष्ट्रिय सभाबाट पनि विनियोजन विधेयक पारित भएको छ। राष्ट्रिय सभाको सोमबारको बैठकले विनियोजन विधेयक–२०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो। 

    मन्त्रालयगत विनियोजनमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए।

    विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले राष्ट्रिय सभा बैठक बहिष्कार गरेका थिए। अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लगाउँदै एमालेले संसद् बैठक बहिस्कार गरेको हो। एमालेले अर्थमन्त्री रोष्ट्रममा पुग्दा बैठक बहिस्कार गरेको हो।

    प्रतिनिधिसभाले असार २ गते विनियोजन विधेयक पारित गरेर राष्ट्रिय सभामा पठाएको थियो। अर्थमन्त्री जनार्दन शर्माले जेठ १५ गते संघीय संसद्‌मा आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गरेका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १४ २०७९०८:४६:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend