काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रपति चुनावका सम्बन्धमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डलाई प्रदान गरेको छ । आज बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै माओवादी प्रवक्ता कृष्णबहादुर महराले भने, ‘यस विषयमा अन्तिम निर्णय लिने अधिकार प्रधानमन्त्रीलाई बैठकले दिएको छ।’
पार्टीको हितलाई ध्यानमा राखेर राष्ट्रपति चयनबारे अन्य दलहरूसँग छलफल अगाडि बढाइने महराले बताए । राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन हुनुपर्छ भन्ने अडानमा आफूहरू कायम रहेको उनको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।