आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

तीनवटै प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा एमाले शून्य, सबै माओवादीको पोल्टामा

तीनवटै प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा एमाले शून्य, सबै माओवादीको पोल्टामा

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण ४ २०७९

  • 3.8K
    SHARES

  • तीनवटै प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा एमाले शून्य, सबै माओवादीको पोल्टामा

    काठमाडौं- नेपाल प्रज्ञा प्रतिष्ठान, संगीत नाट्य एकेडेमी र ललितकला प्रज्ञा प्रतिष्ठानले बुधबार पूर्णता पाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बुधबार तीनवटै प्रज्ञा प्रतिष्ठानका पदाधिकारी नियुक्तिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सिफारिस गरेका थिए ।

    जसअनुसार नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा कुलपति निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली नियुक्त भएका छन् । 

    तनिवटै प्रज्ञा प्रतिष्ठानका प्रमुख संरक्षक प्रधानमन्त्री प्रचण्डसमक्ष उनीहरूले बिहीबार पद तथा गोपनियताको शपथ लिएका छन् । यसपटक प्रज्ञा प्रतिष्ठानको नियुक्तिमा माओवादी केन्द्र हाबी भएको छ । तीनवटै प्रज्ञा प्रतिष्ठानको कुलपति, उपकुलपति, सदस्य सचिव, प्राज्ञ र प्राज्ञ सदस्यमा अधिकांश माओवादी निकट कलाकार, साहित्यकार, संगीतकर्मी नियुक्त भएका छन् । एमालेबाट नाम चलेका कोही पनि नियुक्त हुन सकेनन् । 

    अहिले संयुक्त सरकार हो । सबै मन्त्रालय मातहतका निकायमा राजनीतिक नियुक्ति हुँदा भागबन्डाअनुसार हुँदै आएको थियो । तर यसपटक माओवादीले एकलौटी गरेको छ । पाँच वर्षअघि एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा प्रज्ञा प्रतिष्ठानमा आफूले गरेका सिफारिसअनुसार कोही पनि नपरेपछि प्रचण्ड रिसाएका थिए । त्यसकै रिस अहिले उनले एमालेसँग फेरेको देखिएको छ । किनभने सत्तारुढ गठबन्धन टुट्ने चर्चाबीच भएका राजनीतिक नियुक्तिमा कोही पनि एमालेका परेको देखिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण २५ २०७७०५:५०:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend