आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रविको नियतिः न सांसद, न त पार्टी सत्तामा

रविको नियतिः न सांसद, न त पार्टी सत्तामा

  • मिडिया डबली
  • सोमवार, माघ २३ २०७९

  • 2.1K
    SHARES

  • रविको नियतिः न सांसद, न त पार्टी सत्तामा

    काठमाडौं - एउटा विवेकहीन, दम्भी, अहंकारी नेताले शासन गरेको देशका जनताले निकै सास्ती र दुःख भोग्नुपरेको विश्व इतिहासले देखाएको छ ।

    अहिले युक्रेनका जनता राष्ट्रपति भ्लादिमिर जेलेनेस्कीका कारण रुससँग युद्ध खेप्न बाध्य छन् । उनी कलाकारिता फिल्डबाट एकैचोटि देशको शासन सत्तामा आएका हुन् । गत मंसिरको निर्वाचनमा त्यसैगरी नेपाली जनताले पूर्वसञ्चारकर्मी रवि लामिछानेको हैसियत आकाशमा पुर्याइदिए ।

    तर सरकारमा गएको ३२ दिनमै उनको सांसद पद खारेज भयो । ४२ दिनमा पार्टी नै सरकारबाट बाहिरियो । विकृत राजनीतिमा सुशासनको नारा दिंदै पार्टी खोलेर छोटो समयमा स्थापित दललाई चुनौती दिंदै २० सिट जितेर राष्ट्रिय स्वतन्त्र पार्टीले तहल्का नै मच्चाएको थियो ।

    जनताले नै अनुमोदन गरेपछि कसैको केही लाग्दैन । अरुलाई विधि, विधान र पद्धतिको राग अलाप्नमा रास्वपाका अध्यक्ष रवि लामिछाने धेरै अगाडि देखिए । तर आफू कानुनभन्दा माथि रहेझै पुनः नागरिकता प्राप्त गर्न सामान्य एउटा निवेदन नदिएर उनको सांसद र गृहमन्त्री पद खारेज भयो । छोटो समयमा उनको पार्टीले उतारचढाव भोग्नुपरेको छ । सुशासनको नारा दिएर भर्खरै उदाएको पार्टीलाई सरकारमा जाने अभिमत थिएन ।

    रविले हतारहतार सरकारमा जानुमा सफलता देखे । तर आफूलाई नै केन्द्रमा राखेर सरकारबाट फिर्ताको एकपक्षीय निर्णय लिए । टेलिभिजनमा एउटा कार्यक्रम चलाउँदा उनको एकाधिकार चल्थ्यो । यो पार्टी अब रविको प्राइभेट कम्पनी जस्तो पक्कै होइन होला ।

    पार्टी भइसकेपछि अरुका विचार र भावनाका कुरा पनि हुन्छन् । तर, अहिले रास्वपाका कुनै सांसद पनि रविको विरोध गर्ने हिम्मत राख्न सक्दैनन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा रविले आफ्नो कमजोरीमा पद जानुको दोष मिडियालाई दिएर अनेक लाञ्छना लगाए ।

    त्यहाँ उनले विवेक देखाएनन् । आक्रोश, अहंकार, दम्भ र आफू मात्र बुद्धि भएको व्यक्तिझैं भ्रम छरे । यसबाट रवि लामो रेसको राजनीतिका लागि काबिल छैनन् भन्ने देखाउँछ । गृह मन्त्रालय नपाएकै झोकमा उनले पार्टीलाई नै सरकारबाट फिर्ता बोलाए ।

    आफ्नो सांसद पद गुमे पनि पार्टीलाई सरकारमा रहेर काम गरेको भए उनको पार्टीको बेग्लै छवि बन्थ्यो । तर अहिले रविले पाएको मत बतासे हो । अर्कालाई गाली गरेर प्राप्त मत सधैं स्थायी हुँदैन भन्ने रविले बुझ्न सकेको देखिएन ।

    यतिबेला उनले मिडियामाथि जे जस्तो स्वभाव प्रदर्शन गरेका छन्, त्यसले एकदिन उनलाई खाडलमा हाल्ने पक्का छ । उनले पत्रकार सम्मेलनमा खुलेआम आफूसँग दुईवटा राहदानी भएको भनेर बोलेका छन् ।

    भोलि यो विषय अदालत र प्रशासनका लागि बलियो प्रमाण हुन्छ । राहदानी दुरुपयोगमा सजाय पाएका व्यक्ति सांसदको उम्मेदवार बन्न अयोग्य हुने संविधानमै लेखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ७ २०७९१०:१५:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend