काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट हट्ने संकेत गरेको छ । रास्वपा सभापति रवि लामिछानेले आइतबार बिहान पार्टीको बैठक बस्नुअघि यस्तो संकेत गरेका हुन् ।
उनले आफूले सिधा कुरा नगरेको धेरै भएछ भन्दै आज विशेष पत्रकार सम्मेलन हेर्न र सुन्न सबैलाई आग्रह पनि गरेका छन् । ‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ, त्यो आफ्नै ठाउँमा छ। त्यसलगत्तै पार्टी कार्यालयबाट आज म विशेष पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिंगो देश र विदेशमा रहनुहुनेहरू सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
यदि सरकारमा रहने भए लामिछानेले विशेष पत्रकार सम्मेलन गर्नै पर्दैनथ्यो । आफ्नो पार्टीलाई गृह मन्त्रालय नदिने प्रधानमन्त्री प्रचण्डको अडानपछि रास्वपा सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने सम्भावना देखिएको छ । प्रधानमन्त्रीले रविलाई मन्त्री नबन्न र भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेका छन् । यस विषयमा छलफल गर्न रास्वपाको आज बैठक बस्दैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।