शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

धोकाको डरले देउवा र ओली राष्ट्रपतिको उम्मेदवार छान्नै डराए

धोकाको डरले देउवा र ओली राष्ट्रपतिको उम्मेदवार छान्नै डराए

  • मिडिया डबली
  • आइतवार, माघ २२ २०७९

  • 4.5K
    SHARES

  • धोकाको डरले देउवा र ओली राष्ट्रपतिको उम्मेदवार छान्नै डराए

    काठमाडौं- राष्ट्रपतिको निर्वाचनअन्तर्गत उम्मेदवारी दाखिला गर्न अब २० दिन पनि बाँकी छैन । तर, अहिलेसम्म नयाँ राष्ट्रपति को होला भन्ने धेरैले अड्कलबाजीसमेत गर्न सकेका छैनन् । 

    राष्ट्रपति नेपाली कांग्रेस वा एमालेकै बन्नेमा कुनै द्विविधा छैन । तर, अहिलेसम्म राष्ट्रपतिको उम्मेदवार यो हो है भनेर न त शेरबहादुर देउवा वा केपी ओलीले नै निर्णय गर्न सकेका छन् । 

    राष्ट्रपति चयन गर्न माओवादी केन्द्र निर्णायक भएकाले पनि देउवा र ओली अहिलेसम्म मौन देखिएका हुन् । संसदमा सबैजसो दलहरुको मत पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा ‘राष्ट्रिय सहमतिको पात्र’ खोज्नुपर्ने बताइरहेका छन्। माओवादीले औपचारिक रूपमै यस्तो निर्णय गरिरहेको छ । आफूखुसी देउवा र ओलीले राष्ट्रपतिको उम्मेदवार उठाए प्रचण्डबाट धोका पाउने दुवैले बुझेका छन् ।

    राष्ट्रपतिमा दाबी गरिरहेको नेपाली कांग्रेसले भने त्यो राष्ट्रिय सहमतिको पात्र कांग्रेसभित्र मात्रै रहेको बताइरहेको छ। कांग्रेसमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, मानबहादुर विश्वकर्मा, गोपालमान श्रेष्ठको नाम राष्ट्रपतिका लागि चर्चामा छ । तर अहिलेसम्म यो नै भन्ने निर्णय भइसकेको छैन । प्रधानमन्त्री प्रचण्ड कांग्रेस सभापति देउवा राष्ट्रपति बनिदिए राष्ट्रिय सहमति हुने विश्वासमा रहेको स्रोतले बतायो ।

    तर प्रमुख सत्ता साझेदार एमालेका अध्यक्ष केपी ओलीले भने गठबन्धनको सहमतिअनुसार राष्ट्रपतिमा एमालेकै उम्मेदवारी हुने बताइरहेका छन्। एमालेमा ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, अष्टलक्ष्मी शाक्य, गोमा देवकोटा, गुरु बराल, डोरमणि पौडेल, युवराज ज्ञवाली, विष्णु रिमालको नाम राष्ट्रपतिमा चर्चा छ ।

    यसैबीच, नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपति चुनावका लागि मोर्चाबन्दी सुरु गरेको छ। सरकारलाई विश्वासको मत दिएका, तर सरकारमा नगएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग देउवाले छलफल गरेका छन्। विपक्षीको मोर्चा बनाएर राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा सत्ता गठबन्धनलाई चुनौती दिने तयारी कांग्रेसले गरिरहेको छ।

    देउवाले उनीहरूसँग शनिबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरेका हुन्। त्यो छलफलमा भोलि सोमबार हुने राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनबारे पनि कुराकानी भएको थियो। राष्ट्रपतिको चुनाव फागुन २५ र उपराष्ट्रपतिको चैत ५ गते चुनाव हुँदैछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ २१ २०७७०४:४३:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend